वार्ताका लागि विप्लवले हतियार बिसाउनुपर्छः गोकुल बाँस्कोटा

 

चैत ७, काठमाडौँ । सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई हतियार बिसाएर वार्तामा आउन आह्वान गरेको छ । 

मन्त्रिपरिषद्को पछिल्लो बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले हतियार बिसाएर वार्तामा आउन विप्लवलाई आह्वान गरेका हुन् । 

null

विप्लवलाई दबाउने सरकारको नीति नभएको दाबी गर्दै उनले भने, ‘बमबारुदसँगै सम्पूर्ण हिंसात्मक गतिविधि त्यागेर शान्तिपूर्ण ढङ्गले राजनीतिक असन्तुष्टि सम्बाेधन गर्न सकिन्छ । तर वार्तामा बस्नुअघि हतियार बिसाउनुपर्छ, हिंसा छोड्नुपर्छ ।’ 

उनले हतियार कुनै समस्याको समाधान भएको स्पष्ट पार्दै अब नेपालमा शान्तिको खाँचो रहेको बताए । सरकारले नेकपा विप्लव समूह आपराधिक संगठन भएको ठहर गर्दै फागुन २८ गते प्रतिबन्ध लगाएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *