मन्त्री अधिकारीलाई पाेखरामा अन्तिम श्रद्धाञ्जली दिनेकाे ओईरो

 

फागुन १७, पाेखरा ।  हेलिकोप्टर दुर्घटनामा निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीलाई पाेखरमा अन्तिम  श्रद्धाञ्जली दिनेकाे ओईरो लागेकाे छ । 

श्रद्धाञ्जली दिने कार्यक्रम पोखराको नयाँबजार स्थित प्रदर्शनी केन्द्रमा सुरु भए सँगै आफन्त, नेता कार्यक्रता, सुवेक्षुक लगायत सर्वसाधारणकाे भिड् लागेकाे हाे । 

null

मन्त्री अधिकारीको पार्थिव शरीरमा उपप्रधानमन्त्री ईश्वर पोखरेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालको राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिए । 

त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ र नेता वामदेव गौतमले संयुक्त रुपमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि दिए । 

मन्त्री अधिकारीलाई भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री पद्मा अर्याल, नेपाली काँग्रेसका नेता चन्द्र भण्डारी, गण्डकी प्रदेशका प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, नेकपाका नेताहरू योगेश भट्टराई, गोकर्ण विष्ट,काँग्रेस नेता एवम् पूर्वमन्त्री यज्ञबहादुर थापा लगायतले श्रद्धाञ्जलि दिएका छन्। उक्त परिसरमा श्रद्धाञ्जलि अर्पन गर्नका लागि हजारौं सर्वसाधारण लामबद्ध छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *