सिन्धुपाल्चोकमा ग्याँस सिलिण्डर बिस्फोट हुँदा चार जनाको मृत्यु

चैत्र ११, सिन्धुपाल्चाेक । सिन्धुपाल्चोकमा ग्याँस सिलिण्डर बिस्फोट हुँदा चार जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित सिल्डुङ निर्माणाधिन माथिल्लो चाकु जलविद्युत आयोजनाको स्टोरमा ग्याँस बिस्फोट हुँदा चार जनाको मृत्यु भएको हो। 

सिन्धुपाल्चोक प्रहरीका अनुसार आयोजनाको ठेकेदार कम्पनी सिआरसीको क्याम्पको स्टोरमा सोमबार साँझ भएको बिस्फोटमा परी स्टोर किपर हुम्लाका सन्दुप लामा, साइट इन्चार्ज दोलखाका भाइकाजी शेर्पा, ठेकेदार गोपाल शेर्पा र अर्का एक जना बेल्डिङ मिश्रीको ज्यान गएको छ। 

सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधव काफ्लेले ग्यास सिलिण्डर बिस्फोट भएर दुर्घटना भएको हुन सक्ने बताए। यता स्थानीयले भने ग्यास सिलिण्डर नभएर सुरूङ बिस्फोट गराउन राखिएको बिस्फोटक पदार्थ पड्किएको अनुमान गरेका छन् । 

null

अहिले इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट प्रहरी निरीक्षक यादव थापा क्षत्रीको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ। 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *