शासन व्यक्तिको होईन विधिको हुनु पर्नेमा जोड

 

काठमाडौं, फागुन २५ । असल नेतृत्व र व्यक्तित्वको माध्यम बाट समाज परिवर्तनमा महत्वपूर्ण भुमिका खेल्नु पर्नेमा वक्ताहरूले जोड दिएका छन् ।  

राजधानीको थानकोट स्थित थानकोट जेसिजले आयोजना गरेको एक दिने अन्तक्रिर्यात्मक कार्यक्रममा बोल्दै युवाहरूले ग्रामीण विकासबाटै देशको संमृद्धि हासिल गर्न सकिने बताएका हुन् । ‘राईज टु लिड, चेन्ज फर सोसिएल डेभ्लोमेन्ट’ भन्ने नाराको साथ सुरू गरिएको कार्यक्रममा बोल्दै नेपाल जेसिजको राष्ट्रिय उपाध्यक्ष हरि कुमार शर्माले युवाहरूको सकारात्मक सोच र विचारले मात्र समाज परिवर्तन गर्न सकिने बताए । उनले समाजका हरेक युवाहरूको सोच परिवर्तित समाजको रूपान्तरणमा एकएक ईट्टा थप्दै एकताबद्ध भएर राष्ट्र निर्माण लाग्न प्रेरित गरे । 

null

कार्यक्रममा बोल्दै सामाजिक अगुवा तथा थानकोट जेसिजका संस्थापक अध्यक्ष नन्ददास अमात्यले समाजका हरेक कृयाकलापमा युवा सहभागिता अनिवार्य रहेको औंल्याए । आमात्यले भने, ‘समाजको हरेक गतिविधिमा युवाको सहभागिता हुनु पर्दछ, राष्ट्र निर्माणमा होस या विकास र संमृद्धिमा हरेक युवा सकारात्मक तवरबाट व्यत्तित्व र नेतृत्वको विकास गर्दै अगाडि बढ्नु पर्छ ।’ 

कार्यक्रममा नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष मोहन डाँगीले शासन व्यक्तिको होईन विधिको हुन पर्नेमा जोड दिँदै हरेक काममा युवाहरू वैज्ञानिक, सैधान्तिक ब्यवसायिक रूपमा विधिसम्मत तरिका बाट अगाडि बढ्न सके सफलता मिल्ने बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *