ओली सरकार सर्वसत्तावाद तर्फ उन्मुख, राष्ट्रियता कमजोरः डा. कोइराला

चैत्र १६, रामेछाप । राष्ट्रलाई सवल बनाउने सन्दर्भमा नेपाली दलहरु अलमलमा रहेको डा. शेखर कोइरालाले बताएका छन् । शनिबार रामेछापमा आयोजित एक कार्यक्रममा बोल्दै कांग्रेस नेता डा. कोइरालाले सरकार र दलहरुमा राष्ट्र निर्माण गर्ने सोच नभएको भन्दै त्यस्तो बताएका हुन् ।  

उनले नेपाली जनताहरु विभिन्न जाति धर्म र विचारमा विभाजित भएपनि नेपाललाई मजवुत र सवल बनाउन एक हुनुपर्ने बताए । ‘हिमाल, पहाड, तराई मधेशमा बस्ने हामी जुनसुकै भोषभुषा लगाएका हौं देशको निम्ति एउटै विचार राख्नुपर्दछ ।’ उनले भने ।  

डा. कोइरालाले चीन र भारतको स्वार्थ नेपालमा भएपनि नेपाली स्वाधिनताका सवालमा सरकारकाच कारण स्वाधिनता कमजोर हुँदै गएको समेत दावि गरे । ‘चीन र भारतको आ–आफ्नै स्वार्थ हुनु स्वभाविक हो, तर त्यसलाई सरकारले हेर्न सक्नुपर्छ । अहिले राष्ट्रियता किन कमजोर छ ? सरकारले बुझ्नुपर्छ ।’ डा. कोइरालाले भने ।  

null

 

एक हप्ता अघि अमेरिकी परराष्ट्रमन्त्रीले नेपाल सरकारलाई ५० अर्ब फण्ड दिने पत्रको प्रसंग निकाल्दै डा. कोइरालाले शशर्त आएको अनुदान स्विकार गर्न नहुने समेत बताए । ‘५० अर्ब रुपैंया फन्ड दिने सन्दर्भमा अमेरिकाले तिब्तीयन शरणार्थीहरुलाई तिब्बत फर्काउन नपाउने शर्त राखेको रहेछ । दक्षिण कोरियालाई युएनमा प्रतिबन्ध लगाउन नेपालले भूमिका खेल्नुपर्छ भनिएको छ । यस्ता कुरामा सरकारले बढि संवेदशील भएर निर्णय दिनुपर्छ ।’ डा. कोइरालाले दावि गरे ।  

उनले चीन र अमेरिका विचको द्वन्द्वमा नेपाल कतै विचमा त पर्दैन ? भन्ने चिन्ता बढेको जनाए । उनले चीन र अमेरिकाको विचमा नेपााले सन्तुलित भूमिका खेल्नुपर्ने सुझाब दिए ।  

कोइरालाले बर्तमान सरकारका कृयाकलाप लोकतन्त्र विरोधी रहेको समेत बताए । सरकारले शिक्षा, स्वास्थ्य क्षेत्रमा हस्तक्षेप गरिरहेको बताउँदै ओली सरकार अधिनायकवाद हुँदै गएको समेत आरोप लगाए । ‘राष्ट्रिय अनुसन्धान, सुरक्षा निकाय र नेपाली सेना, न्यायपालिका, कार्यपालिकालाई समेत प्रधानमन्त्री मातहतमा ल्याउने काम भइरहेको छ । यसले सरकार सर्वसत्तावाद तर्फ अग्रसर भएको प्रष्ट छ । अब ओली सरकारका विरुद्ध जाग्नुपर्ने बेला भएको छ ।’ डा. कोइरालाले भने ।  

उनले ओली सरकारले शुशासन भन्दापनि भ्रष्टाचार, कूशासन र दण्डहिनता बढाएको तर्क गरे । सिके राउतले सरकारकै संरक्षणमा विखण्डनको नारा लगाइरहेको समेत बताए । निर्मला पन्तका बलात्कार हत्याकाण्ड घटेको ८ महिना वितिसक्दा पनि सरकारले हत्यारा पत्ता लगाउन नसक्नुमा बलात्कारीलाई सरकारले नै संरक्षण गरिरहेको जिकिर गरे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *