दाङ्ग र सल्यानमा आइएमई लाइफ इन्स्योरेन्सका शाखा सहित कारोबार प्रारम्भ

चैत १०, दाङ्ग । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दाङ्गको घोराहीमा शाखामार्फत औपचारिक रुपमा जीवनबीमाको कारोबार प्रारम्भ गरेको छ । शनिबार दाङ्गको घोराहीमा आयोजित एक विशेष समारोहका वीच नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त शाखा कार्यालयको उद्घाटन गरे । 

सो अवसरमा बोल्दै अध्यक्ष ढकालले करिव वीस बर्षअघि देखि नै आइएमई ग्रुपका विभिन्न सेवाहरू विशेष प्राथमिकताका साथ दाङ्गमा स्थापना गरिँदै आएको स्मरण गरे ।आम सेवाग्राहीहरूलाई सवै प्रकारका वित्तीय आवश्यकता परिपूर्ति गर्दै जाने ग्रुपको उद्देश्य अनुरुप दाङ्गको घोराहीमा आइएमई लाइफ इन्सोरेन्सको शाखा स्थापना गरिएको बताउँदै ढकालले यो सेवाबाट सेवाग्राही थप लाभान्वित हुने जिकिर गरे । 

त्यस्तै आइतबार सल्यान जिल्लाको शारदा नगरपालिका १, श्रीनगरमा अर्को शाखा कार्यालय सुरु गरियो । उक्त शाखा कार्यालयको उद्घाटन सल्यान जिल्ला समन्वय समितिका अध्यक्ष केशबहादुर विष्ट र आइएमई ग्रुपका चन्द्र प्रसाद ढकालले संयूक्त रुपमा गरेका थिए । 

null

कार्यक्रममा बोल्दै प्रमुख अथिति विष्टले जिल्लामा आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको आगमनले स्थानीय बासिन्दाहरुमा जीवनबीमाको पहुँच र यस प्रतिको भरोसा अभिवृद्धिमा टेवापुग्ने विश्वास व्यक्त गरे । 

दुवै उद्घाटन समारोहमा उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यद्वय ध्रुबराज श्रेष्ठ (भारी) र भरत आचार्य, राष्ट्रि«य समाचार समितिका संचालक एवम् सम्पादक एकराज पाठक स्थानीय उद्योगी व्यवसायी, आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चन्द्र भट्ट, सहायक महाप्रबन्धक आशिष सिंह लगायतको उपस्थिति रहेको थियो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *