सार्वजनिक ‘प्रेमलिला’ को ट्रेलर यस्तो छ

 

फागुन २४, काठमाडाैँ ।  नायिका तथा निर्मात्री दिपशिखा खड्काद्वारा निर्मित चलचित्र ‘प्रेमलिला’ को नयाँ ट्रेलर सार्वजनिक भएको छ । जनक पाण्डेले निर्देशन गरेकाे यस चलचित्रमा बलिउडका मोडल अली खानले  चलचित्रबाट चलचित्र क्षेत्रमा डेब्यु गरेका हुन् । बलिउडमा थुप्रै म्युजीक भिडियो, टेलिसिरियलहरुमा काम गरिसकेका खानका लागी ‘प्रेमलिला’ पहिलो  चलचित्र रहेकाे छ । 

नानीमैया कार्की र फैजिल फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्र ‘प्रेमलिला’मा दुई मुलुकको केटा र केटी बिचको प्रेम सम्बन्ध देखाईएको छ । दुई फरक मुलको भए पनि यदी उनीहरुको माया साँचो भए उनीहरुको मायालाई चाहेरहे पनि कसैले रोक्न वा छेक्न सक्दैन भन्ने उक्त चलचित्रको कथामा देखाउँन खोजिएको छ । 

null

पवन गौतमको छायांकन, चन्दन दत्त र सालिक दुलालको सम्पादन रहेको यो चलचित्रमा रामजी लामिछानेको कोरियोग्राफी छ । यस चलचित्रमा दिपशिखा खड्का, अलि खान र मौसम खड्काले मुख्य भूमिकामा अभिनय गरेका छन् 

उक्त चलचित्रमा नायिका खड्का आफैले कथा, पटकथा तथा संवाद गरेकी छिन् । चलचित्र ‘प्रेमलिला’ यही चैत्रको ८ गतेबाट प्रदर्शनमा आउँने भएको छ । 

सार्वजिनक ट्रेलर यस्ताे छ ।   

 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *