‘सिके, पिके र केपि भन्दा बिप्लब नै ठिक’ तरूण दल महासचिब

 

फागुन २५, काठमाडौं । मधेश स्वतन्त्र देश भन्दै मुलुक विखण्डन गर्न खोज्ने सिके राउतसँग सरकारले सम्झौता गरेको प्रति नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले दुखः ब्यक्त गरेका छन् । महासचिव शाहीले विखण्डनकारी सिके राउतलाई सरकारले कार्वाही गर्नुको साटो उल्टै सम्मान गरेको प्रति असहमति जनाउँदै आपत्ति समेत प्रकट गरेका छन् ।  

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले सिके राउतलाई प्रचण्डसँग दाँज्दै असाधरण ब्यक्तिको संज्ञा दिएको प्रति पनि आश्चर्य ब्यक्त गरे । ‘देश नै विभाजन गर्ने सोच भएका ब्यक्ति कसरी असाधारण हुन सक्छन् ?’ उनले प्रश्न गर्दै भने–‘देश टुक्राउनुपर्छ भन्दै अभियान चाल्ने लाई फुलमाला लगाएर स्वागत गर्ने होइन जेल पठाउनु पर्छ ।’  

null

उनले नेपाललाई बिभाजन गर्छु भनेर लागेका सिके राउतलाई सम्मान गरेर विप्लवलाई अपमान गर्नु सरकारको मुर्खता समेत भएको बताएका छन् । ‘सिके, पिके र केपि भन्दा बरु विप्लव नै ठिक हुन ।’ उनले भने ।  

सरकारले हिजो मधेश स्वतन्त्र राष्ट्र अभियानका सिके राउतसँग ११ बुँदे सम्झौता गरेको थियो । सम्झौतामा स्वतन्त्र मधेशका सन्दर्भमा जनमत गर्ने समेत उल्लेख गरेपछि नेपाल तरुण दल तथा प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरुले विरोध जनाएका छन् । भने, सत्तारुढ नेकपाका केहि नेताले समेत सहमतिका केहि बुँदामा आपत्ति जनाइसकेका छन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *