जग्गाको निस्सा पाउनुपर्ने भन्दै ७५ वर्षीया कान्छीमायाको विलौना

काठमाडौं, ११ चैत्र । चितवन भरतपुर–१० निवासी ७५ वर्षीय कान्छीमाया लामाले लामो समयदेखि आफुहरुले भोगचलन गर्दे आएको जमिनको निस्सा पाउनुपर्र्नेे माग गरेकी छिन् । आज पत्रकार सम्मेलन गर्दै आफुहरुले २०२७ सालमा अस्थायी जोताहा पुर्जा प्राप्त गरेको जमिन अरुले हडपेको कान्छीमायाले सुनाईन् । 

तर, उल्टै हामीले त्यो जग्गा हडेपेको आरोप लागेको छ, हामीमाथि ठूलो अन्याय भएको छ, न्यायको लागि धेरै ठाउँमा ढक्ढकायौं । तर, कतैबाट पनि अहिलेसम्म न्याय प्राप्त भएको छैन् ।’उनले भनिन् । 

सत्तारुढ दल नेकपाका नेता एवम् चितवनबाट निर्वाचित प्रतिनिधिसभाका सदस्य कृष्णभक्त पोखरेलको आडमा ‘लब्ली’ भनिने कृष्ण न्यौपाने र उनका सहोदर दाई भोजराज न्यौपानेले बारम्बार आफुहरुलाई धम्की तथा दबाव दिँदै आएको लामाले गुनासो पोखिन् ।  

null

राजनीतिक शक्तिको आडमा न्यौपाने दाजुभाईले आफुहरुलाई पटक–पटक दुःख दिएको उनको आरोप छ । उनले न्यायको लडाई लड्न सर्वाेच्चबाट निस्सा पाउन नसकेको जिकिर गरिन् ।  

 

श्रीमानको निधन भएदेखिनै आफूहरुले पटक–पटक परिचालित मान्छेहरुबाट मानसिक तथा शारिरिक रुपमा पीडा पाईरहेकोे उनले सुनाईन् । ‘त्यो जग्गा मैले नै जंगल काटेर खेतियोग्य बनाएको हो । २०४४ सालमा जग्गा दर्ताको समयमा पनि मेरै नाममा दर्ता गराएको जग्गा कसरी अन्य ब्यक्तिको नाममा दर्ता भयो, यसबारेमा मलाई कुनैै जानकारी छैन् ।’ उनले विलौना गरिन् । 

उनकाअनुसार जोताहा पुर्जा आफ्ना स्वर्गीय पति बिकु लामाको नाममा जारी थियो । उनले भनिन्,‘त्यसको प्रमाण हामीसँग अझैपनि सुरक्षित छ ।’हाल आफ्नो घरको ‘कम्पाउण्ड’भित्र रहेको जग्गा १३ जनाले किनबेच गरिसकेको पनि लामाले जनाईन् । २०७० सालमा बिपक्षीहरुले आफु र आफ्नी छोरीमाथि २ कठ्ठा १७ धुर जग्गा जबरजस्ती कब्जा गरेको आरोपमा उल्टै मुद्दा चलाएको उनले सुनाईन् ।  

आफुहरुमाथि चलाएको उक्त मुद्दाको प्रतिउत्तर दिँदै आउँदा जिल्ला अदालत चितवनले न्याय नदिएको पनि उनले दुःखेसो पोखिन् । ‘जिल्ला अदालतमा न्याय नपाउँदा उच्च अदालत गयौं, तर उच्च अदालतले जिल्ला अदालतकै निर्णयलाई सदर गर्दे हामीलाई नै दोषी देखायो ।’ कान्छीमायाले भनिन् । 

आफूले निस्सा प्राप्त गरि पाँउ भनेर सर्वाेच्च अदालतमा निवेदनसमेत दिएको उनले सुनाईन् । सर्वाेच्चले पनि निस्सा नदिँदा आफु न्यायको लडाई लड्नबाट बञ्चित भएको उनको गुनासो छ ।  

आफ्ना विपक्षीहरुले २०७० बैशाख २८ गते उनीहरुको जग्गा अतिक्रमण गरेको भनेर भ्रामक बिषयबस्तु बनाई झुठो मुद्दा दायर गरेको उल्लेख गर्दै उनले भनिन्,‘हामीमाथि झुठो मुद्दा चलाईयो, त्यो उनीहरुको जग्गा हड्प्ने षड्यन्त्र थियो ।’ 

सर्वोच्चबाट मुद्दा जितेको भन्दै विपक्षी न्यौपानेले आफूहरुले भोगचलन गर्दै आएको जग्गा मागेको उनको भनाई छ । तर, अहिलेसम्म विपक्षीहरु सर्वोच्च अदालतमा नआएको उनको दाबी छ । उनले भनिन्,‘सर्वोच्च अदालतबाट अहिलेसम्म हामीले भोगचलन गर्दै आएको जग्गाबाट हट्नको लागि कुनै लिखित आदेशपत्र आएको छैन् । उनीहरुले हामीलाई हटाउनको लागि यस्तो प्रपञ्च रचेका हुन् ।’ 

पीडित लामाकी कान्छी छोरी ‘पिंकी’ भनिने सुकरानी लामा श्रेष्ठले जिल्ला अदालतको निर्णयलाई उच्च अदालतले पनि सदर गरेकोमा आफुहरु थप पीडामा परेको बताइन् । 

आफूहरुले उच्च अदालतबाट न्याय नपाएपछि सर्वाेच्च अदालतको ढोका ढक्कढकाएको उनले सुनाईन् । ‘उच्च अदालतबाट हामीलाई उल्टै जग्गा हड्प्ने अपराधी बनाईयो, त्यसैले हामी बाध्य भएर न्यायको लागि सर्वोच्च अदालतसम्म आईपुगेका छौं । अब सर्वोच्चले न्याय दिन्छ भन्नेमा आशावादी छौं ।’ उनले पत्रकार सम्मेलनमा भनिन् । 

आफूहरुलाई कि न्याय दिनुपर्ने होईन भने राज्यले अपराधी करार गरेर जेलचलान गर्नुपर्ने उनको माग छ । विगत ५३ वर्षदेखि निरन्तर रुपमा जग्गा भोगचलन गर्दै आएको ब्यक्तिलाई कानुनले पनि हद म्यादको आधारमा जग्गाबाट उठिबास लगाउन नसक्ने उनको भनाई छ । 

उनले फिरादमा लिईएको कुरा बाहिर ल्याउनुपर्ने समेत माग गरिन् । आम नागरिकले पाउनुपर्ने अधिकारबाट आफुहरु बञ्चित भएको उनको भनाई छ । ‘मेरी आमाले २०१९ सालमा जंगल फाँडेर यो जग्गालाई कृषियोग्य बनाउनुभएको हो,, आमा जिउँदो प्रमाण हुँदाहुँदै हामीलाई अन्यायमा पारियो ।’ उनले भनिन् । आफुहरुले कसैको जमिन अतिक्रमण नगरेको र नलुटेको बरु उल्टै प्रहरी प्रशासनको रोहबरमा आफूहरुको जग्गाभित्र आएर जग्गा हड्प्न खोजेको सबै स्थानीयवासीहरुले देखेको पनि उनले स्मरण गराईन् ।  

२०६९ माघ २३ गते तीन धुरको चलन नचलाईकनै मुचुल्कामा चलन बुझिलिएको भनेर झुटो मिसिल तयार पारिएको प्रमाण पनि आफुहरुसँग सुरक्षित रहेको उनले जानकारी दिईन् ।  

मिसिलमा आफ्नो पुरानो घर (आफ्न्त जित बहादुर तामाङ र सर्कीनी तामाङ अहिलेपनि बस्दै आएको) तर, अदालती कागजमा सो तीन धुर जमिनमा बनेको घर खालि गरिसकेको झुटो बिवरण पेश गरेकोपनि उनको आरोप छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *