प्रिमियर लिग: लिभरपुल शीर्ष स्थानमा उक्लियो

एजेन्सी । लिभरपुल प्रिमियर लिगको शीर्ष स्थानमा उक्लेको छ । आइतबार भएको खेलमा फुलहमलाई २-१ ले पराजित गर्दै लिभरपुल शिर्ष स्थानमा उक्लिएको हो । लिभरपुलले म्यानचेष्टर सिटीलाई अंक तालिकामा पछि पारेको हो । 

साडियो मानेले फुलहमको मैदानमा भएको खेलको २६ औँ मिनेटमा गोल गर्दै लिभरपुललाई पहिलो हाफमा अग्रता दिलाएका थिए । खेलको ७४ औँ मिनेटमा लिभरपुलकै पूर्व खेलाडी राएन बाबेलले फुलहमका लागि बराबरी गोल फर्काए । तर ८१ औँ मिनेटमा लिभरपुलले पेनाल्टी पायो र जेम्स मिलनरले पेनाल्टीमा गोल गर्दै जित दिलाएका थिए । 

 

null

जितपछि ३० खेलबाट ७६ अंकसहित लिभरपुल शीर्ष स्थानमा उक्लेको छ । एक खेल कम खेलेको म्यानचेष्टर सिटी ७४ अंकसहित दोस्रो स्थानमा छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *