उमासिंह, कुलप्रसाद–चेतकुमारी स्मृति पत्रकारिता पुरस्कार घिमिरे र वनलाई

काठमाडौं, १४ चैत्र । रिपोर्टर्स क्लब नेपालले यो वर्षको ‘उमासिंह पत्रकारिता पुरस्कार’ पूर्ण राष्ट्रिय मासिककी प्रकाशक तथा प्रधान–सम्पादक सम्झना वनलाई दिने घोषणा गरेको छ । 

क्लबको बुधबार बसेको पुरस्कार छनौट समितिको बैठकले यस्तो निर्णय गरेको हो । वन विगत १६ वर्षदेखि पत्रकारितामा सक्रिय छिन् । पत्रकारिताको माध्यमबाट मुलुकको विकास र समृद्धिमा महत्वपूर्ण योगदान पुर्याएबापत उनलाई सम्मान गर्न लागिएको हो । 

 

null

त्यस्तै, क्लबले यो वर्षको ‘कुलप्रसाद–चेतकुमारी धमला स्मृति पत्रकारिता पुरस्कार’ नागरिक राष्ट्रिय दैनिकका सम्वाददाता शिवहरि घिमिरेलाई दिने भएको छ । 

घिमिरेसँग ८ वर्षको पत्रकारिता अनुभव छ । आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर गरेका घिमिरे खोज पत्रकारितामा सक्रिय छन् । दुवै पुरस्कारको राशि २५–२५ हजार रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *