‘सडकको खाल्टाखुल्टी कहिले टालिन्छ’

 

चैत ८, काठमाडाैँ । राष्ट्रियसभाका सांसदले देशका विभिन्न स्थानमा देखिएको सडक समस्याबारे सरकारको ध्यानाकर्षण गराइएकाे छ  । सङ्घीय संसद्, राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदले राजधानी र देशका अन्य स्थानमा समेत देखिएको सडकको खाल्टाखुल्टी र धुवाँधुलोको समस्या समाधान गर्न माग गरे ।  

सांसद धनकुमारी खतिवडाले काठमाडौँको धुवाँधुलोको अन्त्य कहिले हुन्छ भनी सरकारसँग प्रश्न गरिन् । सांसद चन्दा चपाईँले सुर्खेत जिल्लामा देखिएको अस्पताल, विद्युत लगायत समस्याबारे सरकारको ध्यानाकर्षण गराइन् । 

null

सांसद प्रकाश पन्थले पोखरास्थित पृथ्वी राजमार्ग जीर्ण भएका कारण सडक दुर्घटना झन्झन् बढ्दै गएको हुँदा जतिसक्दो चाँडो समस्या समाधान गर्न आग्रह गरे । उनले ट्राफिक समस्या समाधान गर्दै वैकल्पिक व्यवस्था गर्न समेत माग गरे । 

सांसद बलरामप्रसाद बाँस्कोटाले प्रदेश– ३ का हेटाैँडा लगायत स्थानमा देखिएको बर्डफ्लु र त्यसले पारेको सङ्क्रमण तथा किसानलाई परेको मर्काका बारेमा सरकारको ध्यानाकर्षण गराए । 

सांसद मुक्तकुमारी यादवले धनुष र सिरहा जिल्लामा रहेका पुल जीर्ण भएकाले पुनःनिर्माण र निर्माणका लागि पहल गर्नुपर्ने माग गर्नुभयो । सांसद युट्रोल तामाङले विधेयक संशोधन भए पनि त्यसको कार्यान्वयन गर्नाको सट्टा सिंहदरबारका दराजमा लगेर थन्काउने काम भएको छ भने ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *