बोलेरोको ठक्करबाट विद्यार्थीको मृत्यु, चितवन तनावग्रस्त

 

चैत ४, चितवन ।  चितवनमा बोलेरो जिपको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ ।  

 पूर्व पश्चिम राजमार्गकाे रत्ननगर–१ निपानीमा बोलेरोको ठक्करबाट १४ वर्षीय वसन्त थापाको मृत्यु भएपछि स्थिति तनावग्रस्त बनेको छ । चितवनको रत्ननगरमा सडक अवरुद्ध गरिएको छ । 

null

जेब्रा क्रसबाट बाटो काट्ने क्रममा थापालाई बसले ठक्कर दिएपछि घटनास्थलमै उनको मृत्यु भएको थियो । उनको मृत्यु भएपछि विद्यार्थी लगायत स्थानीयले टायर बालेर सडक अवरुद्ध गरेका छन् ।  

प्रहरीले अहिले बोलेरो र चालकलाई नियन्त्रण लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ ।  

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *