एनआई सी एशिया बैंकको नयाँ शाखा बुटवलको बेलबासमा

 

चैत्र १०, काठमाडौं । अग्रणी बैंक एनआई सी एशिया बैंकको नयाँ शाखा बुटवलको बेलबासमा सुरु भएको छ । हिजोबाट उक्त शाखा सञ्चालनमा आएको हो । 

बुटवल वडा नं १३, बेलबास शाखाको उद्घाटन बैंकका प्रमुख मानव संसाधन तथा विकास अधिकृत कपिल ढकालले शनिबार गरेका थिए । उद्घाटन समारोहमा बोल्दै ढकालले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउदै गएको यस बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको वित्तिय सवलिकरण अभिबृद्वि गर्ने कार्यमा महत्वपुर्ण योगदान पुर्याई रहेको जानकारी गराए । 

null

बैंकले मुलुकभर २८१ शाखाकार्यालयहरु, २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । बैंकका करिब १४ लाख ५० हजार ग्राहक रहेका छन् । बैंकले संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *