प्रधानमन्त्री ओलीको दाविः २०८० पछि नेपालमा सुरुङ युग सुरु हुन्छ

चैत्र ८, बुटवल । २०८० पछि नेपालमा सुरुङ युग आउने प्रधानमन्त्री केपी शर्मा ओलीले दावी गरेका छन् । आज बुटवल–नारायणगढ सडक विस्तार आयोजनाको शिलान्यास गर्दै प्रधानमन्त्रीले उक्त दावि गरेका हुन् । उनले २०७५ देखि २०८० सम्म सडकयुग र त्यसपछि सुरुङ युग आउने जिकिर गरे । ‘नेपाल अब विकासको पथमा लम्किसक्यो, २०७५ देखि ८० सम्म सडक युग र त्यसपछि सुरुङ युग सुरु हुन्छ ।’ उनले भने । 

प्रधानमन्त्री ओलीले रुपन्देहीको सिद्धबाबा खण्डमा पनि छिट्टै सुरुङ मार्ग बन्ने बताए । ‘अब सिद्धबाबाका बारेमा मृत्युमार्ग भनेर धेरै गीत गाइरहन पर्दैन’ उनले भने । ओलीले सडक निर्माणका लागि ढुंगा, गिट्टी बालुवाको कमी नहुने भन्दै पहाड फोरेर पनि काम नरोकिने जिकिर गरे । 

 

null

 यसैगरी पूर्व पश्चिम रेल मार्ग पनि छिटै बन्ने प्रधानमन्त्रीले दावि गरेका छन् । गौतमबुद्ध जन्मस्थललाई लुम्बिनी जस्तै पवित्र र स्वच्छ बनाई पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा उनले जोड दिए । 

शिलान्यास गरेको बुटवल–नारायणगढ १ सय १४ किलोमिटर सडकको स्तरोन्नती आगामी साढे तीन वर्षभित्र सम्पन्न गर्ने गरी काम अघि बढाइएको छ । बुटवलबाट नारायणगढसम्मको दूरी पार गर्न अहिले करिब तीन घण्टा लाग्छ । उक्त सडकको स्तरोन्नति गरेर चार लेन बनेपछि १ घण्टा ३० देखि एक घण्टा ५० मिनेटभित्रै छिचोल्न सकिने दावि गरिएकाे छ । 

प्रधानमन्त्री ओलीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहतर्फ इंगित गर्दै अब बम पड्काउन, मान्छे मार्न र उत्पात मच्चाउन नपाइने बताए । कार्यक्रमलाई संबोधन गर्दै उनले भने–‘बम पड्काउन, मान्छे मार्न र उत्पात मच्चाउन पाइदैन । कानुन अनुसार कारवाही हुन्छ ।’ उनले भैरहवा लुम्बिनी तिलौराकोट सडकलाई चार लेनको बनाउन यातायात मन्त्री र मन्त्रालयका सचिवलाई निर्देशन दिएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *