‘हिन्दू राष्ट्र स्थापनाका लागि जनमत संग्रहमा जान तयार छौँ’

 

चैत ६, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले धाार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्र स्थापनाका लागि जनमत संग्रहमा जान सरकारलाई आवश्यक दबाब दिनका लागि सबैलाई आह्वान गरेका छन् । 

बुधबार काठमाडौँको टोखास्थित आफ्नै निवासमा होलीको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले हिन्दु राष्ट्र स्थापनाका लागि जनमत संग्रह गर्न सरकारलाई दबाद दिन सबैलाई आह्वान गरेका हुन् । 

null

‘धार्मिक स्वतन्त्रता वा धर्मबारे जनमत संग्रह गर्ने दुई विकल्प छन् । जनताले चाहे भने गणतन्त्र, संघीयता र धर्म निरपेक्षताको विषयमा जनमत संग्रहमा जान कांग्रेस तयार छ’, निरन्तर रुपमा हिन्दू राष्ट्रका पक्षमा वकालत गर्दै आएका कोइरालाले भने । 

नेपालमा धेरैजसो हिन्दूको बसोवास भएको र सदनदेखि मतदातासम्म हिन्दूको बहुमत भएका कारण सबैलाई समेट्न हिन्दू राष्ट्र हुनुपर्ने महामन्त्री कोइरालाको भनाइ छ । 

फरक प्रसंगमा महामन्त्री कोइरालाले पार्टीलाई एकतावद्ध बनाएर लैजानुपर्ने आवश्यक्ता रहेको औँल्याउँदै पार्टीका विभागहरु तत्काल गठन गर्न सभापति शेरबहादुर देउवासँग आग्रह गरे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *