मुटु रोगी बिबिना राई ‘बचाउ अभियान’ बाट ३ लाख रकम संकलन

 

चैत १५, धरान । विगत एक वर्षदेखि मुटु रोगबाट ग्रसित भोजपुर हतुवागढी गाउँपालिका–६ की बिबिना राईको जीवनरक्षाका लागि रकम संकलन गर्ने क्रम जारी छ । 

मुटुरोगी बिबिना बचाउ अभियान नामक समिति नै खडा गरी सहयोग संकलन थालिएको हो । अभियानका क्रममा हालसम्ममा ३ लाख ३१ हजार आर्थिक संकलन भइसकेको अभियानका संयोजक प्रभाकर राईले जानकारी दिएका छन् । 

null

गत चैत १ गतेदेखि हालसम्म स्वदेशी तथा विदेशमा बस्ने नेपालीहरुले सहयोग गरिरहेका छन् । मलेसियामा कार्यरत रुपेश र सुरेन्द्र रार्ई पहलबाट ९७ं हजार रकम संकलन गरि हस्तान्तरण गरिएकोे छ । यस्तै गायिका मेलिना राईको तर्फबट नगद १० हजार, अष्ट्रेलियामा रहेकी मनु लामिछाने गुरुङ र सरोज राईबाट संकलित ४७ हजार रकम पनि पिडित राईले प्राप्त गरिसकेकी छिन् । 

सहयोग रकम नै उठाउने उद्देश्यले समिति नै बनाएर उनीहरुले रकम संकलन कार्यलाई आगाडी बढाइरहेका छन् । समितिमा कोषाध्यक्ष सुरेन्द्र राई र सचिवमा अस्मिता खावङ रहेका छन् । त्यस्तै सदस्यहमा चन्द्र राई, सुर्य घिसिङ, लक्ष्मि राई, विष्णु राई, जुनु राई, उमेश राई, सन्देश राई लगायत छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *