मुख्यमन्त्री राईद्धारा प्रदेश प्रहरी कार्यालयको भवन शिलान्यास

 

फागुन २९, विराटनगर । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुविधा सम्पन्न कार्यालय भवन निर्माण हुने भएको छ । निर्माण हुने भवनको १ नं. प्रदेशका मुख्यमन्त्री शेरधन राईले बुधबार शिलन्यास गरेका छन् ।  

प्रदेश सरकारबाट बहुबर्षीय बजेट अनुसार आर्थीक बर्ष ०७५/०७६ मा ५ करोड रुपैयाँ बजेट बिनियोजित भई सम्झौता भएको मितिले २ बर्ष भित्रमा १६ हजार १ सय २१ वर्ग फिटमा ५ तले सुविधा सम्पन्न कार्यालय भवन निर्माण सम्पन्न हुने गरी बुधबार मुख्य मन्त्री शेरधन राईले एक समारोहका शिलालेख अनावरण गरी शिलान्यास गरेका हुन् । मुख्य मन्त्री राईले प्रदेश सरकारबाट प्रदेश प्रहरीलाई उपलब्ध गराएको १५ चार पाङग्रे गाडी र २०० वटा मोटरसाईकलको समेत रिवन काटेर शुभारम्भ गरे । सो अबसरमा बोल्दै मुख्य मन्त्री राईले सुरक्षा अवस्था मजबुत नभएसम्म बिकास निर्माणलाई अगाडी बढाउन नसकिने बताए । ‘सुरक्षा अवस्था मजबुत नभए सम्म विकस अद्धि बढ्दैन’ मुख्यमन्त्री राइले भने ‘सुरक्षा मजवुत हुँदा मात्र विकासको गतिले सार्थक रुप लिन्छ ।’ 

null

उनले प्रदेश सरकारको पहिलो प्राथामिकता बलियो सुरक्षा व्यवस्था रहेकाले त्यसै अनुरुप सरकार लागि परेको बताए । उनले सुरक्षा व्यवस्था मजबुत नभएसम्म आम नागरीकहरुले सुरक्षा प्रत्याभुती गर्न नसक्ने भएकाले सबै जनताले सुरक्षाको प्रत्यक्ष अनुभुती पाउने गरी नागरीक मैत्री सुरक्षा ब्यबस्थालाई अवलम्बन गरीएको स्पष्ट पारे । कार्यक्रममा प्रदेश सभाका सभामुख प्रदिप कुमार भण्डारीले आम नागरिकको सुरक्षामा २४ सै घण्टा तल्लिन रहने प्रहरी कर्मचारी भौतिक रुपमा सम्पन्नहुनु पर्नेमा जोड दिए । कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत बहादुर कार्कीले सुरक्षा ब्यबस्था मजवुत भएमा मात्र समृद्धी तर्फ अगाडी बढ्न सकिने बताए । 

सो अवसरमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सुरक्षित वातावरणमा मात्र विकासका कामहरु धमाधम हुने बताउँदै कुनै पनी अवैध किसिमका क्रियाकलापहरु क्षम्य नहुने बताए । उनले प्रहरीलाई सुबिधा सम्पन्न बनाउन प्रदेश सरकारले भवन निर्माणले महत्वपूर्ण भुमिका खेलेको बताउँदै भवन निर्माणले प्रहरी कर्मचारिहरुमा काम गर्ने थप हौसला प्रदान हुने विश्वास व्यक्त गरे ।  

उनले सुरक्षा व्यवस्थालाई मजबुत बनाउन प्रदेश सरकारबाट अबिभावकत्व पाएको बताउँदै आवश्यकता अनुसारको सुरक्षा व्यवस्ता मिलाउन निर्देशन समेत दिए । कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक केदार रिजालले प्रदेश सरकारको नेपाल प्रहरीलाई भौतिक पुर्वाधार युक्त बनाउने नीति अत्यन्तै सार्न्दभिक क रहेको बताए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *