राप्रपा विद्यार्थी संगठनको उपाध्यक्षमा निराजन बम

चैत्र ११, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको केन्द्रिय उपाध्यक्षमा निराजन बम नियुक्त भएका छन् । तत्कालीन राप्रपा प्रजातान्त्रिकको विद्यार्थी संगठनको वरिष्ठ उपाध्यक्ष रहेका बमलाई पार्टी एकीकरण पछि विद्यार्थी संगठनको उपाध्यक्षमा चयन गरिएको हो ।  

 

राप्रबिसका केन्द्रिय अध्यक्ष महेश सिंहको अध्यक्षतामा बसेको केन्द्रिय कार्य समितिको बैठकले बमलाई उपाध्यक्ष पदमा चयन गरेको हो । पार्र्टीका अध्यक्ष कमल थापा र वरिष्ठ नेता दीपक बोहरा लगायत नेताहरुको उपाध्यक्ष बमलाई खादा लगाएर शुभकामना र संगठन निर्माणमा कृयासिल रहन निर्देशन समेत दिएका थिए ।  

null

विद्यार्थी संगठनमा नियुक्त भएपछि उपाध्यक्ष बमले पार्टी सुदृढिकरण र संगठन विस्तारमा प्रतिबद्ध भएर लाग्ने बताए । बर्तमान अवस्थामा राष्ट्रवादी शक्तिहरु एकत्रित भएर राष्ट्र र जनता प्रति प्रतिबद्ध भएर काम गर्नुपर्ने बेला आएको भन्दै परिवर्तनका संवाहक विद्यार्थीहरु पनि राष्ट्रियताका पक्षमा लाग्नुपर्ने बमको भनाई छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *