जिदानले दोस्रो कार्यकाल सम्हालेको पहिलो खेलमा रियल मड्रिड विजयी

एजेन्सी । रियल मड्रिड प्रशिक्षक जिनेदिन जिदानले दोस्रो कार्यकाल सम्हालेको पहिलो खेलमा विजयी भएको छ । जिदानको पुनरागमन सुखद बनाउने क्रममा रियलले सेल्टा डि भिगोलाई २–० ले पराजित गरेको हो । 

सान्टियागो बर्नाबाउमा भएको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा रियलले दुई गोल गर्यो । इस्कोले ६२ औं मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । उनले करिम बेन्जेमाको पासमा गोल गरेका थिए । 

 

null

त्यस्तै, ग्यारेथ बेलले ७७ औं मिनेटमा गोल गर्दै रियललाई दुई गोलको अग्रता दिलाए । उनले मार्सेलोको पासमा गोल गरेका थिए । जितसँगै रियलले २८ खेलबाट ला लिगाको तालिकामा ५४ अंक बनाएको छ । 

एक खेल कम खेलेको बार्सिलाना ६३ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको एटलेटिको मड्रिडको ५७ अंक रहेको छ । सेल्टा भने २५ अंकसहित रेलिगेसन जोनमा छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *