यस्ता छन् आजका पत्रपत्रिकामा मुख्य समाचार

काठमाडौं, ६ चैत । राजधानीबाट आज प्रकाशित अधिकांश दैनिक पत्रिकाले बेथिति र अनियमिततासँग सम्बन्धित विषयलाई प्रमुख समाचार बनाएका छन् । त्यस्तै, विप्लव समूहको बढ्दो गतिविधि र नियन्त्रणका प्रयासलाई पनि पत्रिकाहरुले ‘कभरेज’ गरेका छन् । 

भीडीयो कलमार्फत दाङ जिल्ला अदालतले एक अभियुक्तसँग लिएको बयानको तस्वीर छापेको कान्तिपुरले सेनालाई ठूला आयोजना ठेक्का दिनुको मक्सदबारे केलाएको छ । नेपाली सेनाभित्र हुने अनियमिततामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्न नपाउने भएकाले पूर्वाधार निर्माणका ठूला आयोजना सेनालाई दिने प्रवृत्ति बढ्दै गएको कान्तिपुरको ठहर छ । कान्तिपुर लेख्छ– पछिल्लो समय मेलम्ची आयोजनाको बाँकी काम र चुरे क्षेत्र संरक्षणको जिम्मासमेत सेनालाई दिनेबारे सरकारी स्तरमा छलफल सुरु भएको समाचारमा उल्लेख छ । सेनाले भने आफूले पाएका सबैजसो काम ठेक्का लगाएर गराउँदै आएको छ । 

 

null

अन्नपूर्णका अनुसार विप्लव समूहका नेता–कार्यकर्ता खोज्न नेपाली सेना कालीकोटका गाउँ पसेका छन् । रणसुर गुल्मपतिका सेनानी अमृत थापामगरको नेतृत्वको टोली विप्लवको गतिविधिमा रोक लगाउन र कार्यकर्तालाई नियन्त्रणमा लिन गस्तीमा हिँडेको समाचारमा उल्लेख छ । रणसुर गुल्मपतिका सेनानी अमृत थापामगरको नेतृत्वको टोली विप्लवको गतिविधिमा रोक लगाउन र कार्यकर्तालाई नियन्त्रणमा लिन गस्तीमा हिँडेको हो । गस्तीमा नेपाल प्रहरी र सशस्त्र प्रहरी पनि मिसिएका छन् । 

 

घुस प्रकरणमा मुछिएका अख्तियारका पूर्वआयुक्त राजनारायण पाठकलाई अख्तियारले नियन्त्रणमा लिएको खबर नागरिकले छापेको छ । पाठकलाई मंगलबार बिहान उनकै शान्तिनगरस्थित निवासबाट नियन्त्रणमा लिएको र दिनभर अख्तियार अनुसन्धान टोलीले बयान लिएको समाचारमा उल्लेख छ । नियन्त्रणमा लिइएका पाठकलाई बेलुका भने निवासमै लगेर छोडिएको छ । 

 

राजधानीले पूर्वराजा र भारतीय राजदूतबीच गोप्य वार्ता भएको दाबी गरेको छ । दुईबीचको छलफलमा पूर्वराजाको भारत भ्रमणबारे छलफल भएको समाचारमा उल्लेख छ । 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 6 =