अब प्रभु बैंक विराटनगरको तिनपैनीमा पनि

 

चैत्र ५, काठमाडौं । प्रभु बैंक लिमिटेडको नयाँ शाखा मोरङ विराटनगरको तिनपैनीमा सुरु भएको छ । आज एक कार्यक्रमका विच उक्त शाखाको सुरुवात गरियो । बैंकको तिनपैनी शाखा कार्यालयको नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालय विराटनगरका मुख्य व्यवस्थापक विनोदराज आचार्यले समुद्घाटन गरेका छन् । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयका प्रमुख आचार्यले बैंकले स्थानीय तहका विभिन्न गाउँपालिका तथा नगरपालिकाहरुमा बैंकिङ्ग पहुँचभन्दा बाहिर रहेका सर्वसाधारणहरुलाई सहज, सरल एवं गुणस्तरीय बैंकिङ्ग सेवा पुर्याएको प्रति खुशी ब्यक्त गरे । 

null

उद्घाटन कार्यक्रमको अवसरमा विभिन्न राजनैतिक दलका प्रतिनिधी, उद्योग वाणिज्य संंघका पदाधिकारी, संघ संस्थाका प्रतिनिधि, व्यापारी लगायतको उपस्थिति रहेको थियो ।  बैंकको तिनपैनी शाखा कार्यालयबाट स्थानीय तहका सेवाग्राही, विभिन्न किसिमका फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त सेवा उपभोग गरी लाभान्वित हुनेछन् भन्ने बैंकले विश्वास लिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *