सामाजिक सञ्जालमा पार्टीको हितविपरित नलेख्न कांग्रेस अनुशासन समितिकाे चेतावनी

२०७५ चैत १३ गते

चैत १२, काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रिय अनुशासन समितिले पार्टीको हितविपरित गतिविधि गर्ने सदस्यविरुद्ध चैत मसान्तभित्र उजुरी दिन आग्रह गरेको छ ।
मंगलबार बसेको अनुशासन समितिको बैठकले चैत मसान्तभित्र आएका उजुरीमाथि मात्रै छानविन हुने र पार्टीको हितविपरितका गतिविधिमा संलग्नलाई पार्टीको विधानअनुसार कारवाही गर्ने निर्णय गरेको हो ।
null
बैठकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पार्टीका कुनै पनि सदस्यले पार्टी हित विपरीतका कुनै पनि काम, कारवाही र गतिविधि गरेको भएमा त्यस्ता काम, कारवाही र गतिविधिका विरुद्धमा प्रमाणसहित २०७५ चैत्र मसान्तभित्र केन्द्रीय अनुशासन समितिसमक्ष प्राप्त हुन आएका उजुरीहरु उपर मात्र केन्द्रीय अनुशासन समितिले छानविन गरी निर्णय गर्ने व्यहोरा यसै सूचना मार्फत जानकारी गराइन्छ ।’

२०७५ चैत १३ गते
प्रतिक्रिया
सम्बन्धित