पूर्वाञ्चल विश्वविद्यालय विवादमा कांग्रेस पनि पस्यो

 

चैत १०, विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयमा सरकारले हस्तक्षेप गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आन्दोलन सुरु गरेको छ । प्राज्ञिक क्षेत्रमा हस्तक्षेप गरी सेवा आयोगको काममा समेत हस्तक्षेप भएको ठहर गर्दै कांग्रेसले नियम विपरीतका क्रियाकलाप रोक्न सरकारको ध्यानाकर्षण गराएको छ । 

आइतबार जिल्ला प्रशासन कार्यालय मोरङमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र पठाउँदै हस्तक्षेप नरोकिए चरणबद्ध आन्दोलनमा जाने मोरङ कांग्रेस सभापति डिगबहादुर लिम्बुले बताए । 

null

मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीमार्फत् कांग्रेसले प्रधानमन्त्रीलाई पठाएको ज्ञापनपत्रमा भनिएको छ, ‘विश्वविद्यालयको प्राज्ञिक स्वतन्त्रता र स्वायत्तताको आधारभूत अधिकार बमोजिम पूर्वाञ्चल विश्वविद्यालयले आफ्नो शैक्षिक एवम् प्राज्ञिक गतिविधि अगाडि बढाउँदै लगेको अवस्थामा विभिन्न तहमा पूर्वाञ्चल विश्व विद्यालय ऐन–नियमभित्र रहि नियुक्ति प्रक्रिया भइरहेको र सेवा आयोगले आफ्नो नियमित काम गरेको अवसथमा प्रधानमन्त्रीको तोक आदेशमा हुँदै गरेका परीक्षा स्थगन गर्ने परिपाटी बसेको छ । 

 

सहउपकुलपति रहेका शिक्षामन्त्री पोखरेलले प्रधानमन्त्रीले समेत प्रधानमन्त्रीको हवाला दिएर पत्र पठाई आफन्त नियुक्तलाई सदर गर्नु विश्व विद्यालयको इतिहासमा पहिलो पटक हस्तक्षेप भएको उनीहरुको ठहर छ । 

ज्ञापनपत्र बुझाउँदै लिम्बुले सबै स्वायत्त क्षेत्रहरुमा हस्तक्षेप गर्ने सरकारको नीति देखिएको बताउँदै उनले यसलाई रोक्न कांग्रेस अघि बढेको बताए । विश्वविद्यालयमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलका भतिजा शैलेशमणि पोखरेललाई गत भदौमा चिकित्सा शास्त्र संकायको डिनमा नियुक्त गरिएको थियो । 

उनको नियुक्तिलाई मान्यता दिलाउन शिक्षामन्त्री नै लागेको तर पुस अन्तिम साता परिषद्ले नियुक्त गरेका सहरजिस्ट्रार समन्वय महाशाखा प्रमुख राजेश झा, विज्ञान तथा प्रविधि संकायको सहडिनमा गोपाल शर्मा र कला, कानुन तथा शिक्षा संकायको सहडिन कोमल दुलाललाई कुनै पनि काम नगराउन निर्देशन दिएसँगै विश्वविद्यालयमा थप विवाद सिर्जना भएको थियो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *