मेस्सी बिनाको मैत्रीपूर्ण खेलमा अर्जेन्टिना विजयी, एन्जलले गरे निर्णायक गोल


एजेन्सी । अन्तर्राष्ट्रिय फुटबलमा लियोनल मेस्सीले पुनरागमन गरेको खेलमा पराजित भएको अर्जेन्टिना त्यसपछिको खेलमा भने विजयी भएको छ । गएको शुक्रबार भेनेजुएलासँगको खेलमा अर्जेन्टिनाको टिममा मेस्सी थिए, तर उनको टिम ३–१ ले पराजित भएको थियो ।
रुसमा भएको विश्वकप फुटबलपछि मेस्सी राष्ट्रिय टिममा पुनरागमन भएको खेलको क्रममा चोटग्रस्त भएपछि उनी त्यसपछिका मैत्रीपूर्ण खेलका लागि उपलब्ध भएनन् । अर्जेन्टिनाले मंगलबार राति मैत्रीपूर्ण खेलमा मोरक्कोको सामना गरेको हो ।
null
मेस्सी बिहीन अर्जेन्टिनाले मोरक्कोमाथि १–० को जित दर्ता गरेको हो । अर्जेन्टिनाको जितमा ८३ औँ मिनेटमा एन्जल कोरियाले गरेको गोल निर्णायक बन्यो । खेल अवधिभर बलमा नियन्त्रण भने मोरक्कोको बढि थियो ।
त्यस्तै, मंगलबार राति नै भएका अरु मैत्रीपूर्ण खेलहरुमा सेनेगलले मालीलाई २–१ तथा अल्जेरियाले ट्युनिसियालाई १–० ले हरायो ।
