मुक्तिनाथ विकास बैंकको वित्तिय साक्षरता कार्यक्रमबाट विद्यार्थी लाभान्वित

फागुन १८, पर्वत । ‘आजको आवश्यकता विद्यार्थीमा वित्तिय साक्षरता’ भन्ने मुल नाराका साथ मुक्तिनाथ विकास बैक लिमिटेड पोखरा नयाँपुल शाखाले वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । 

बैंकले २४० औं वित्तिय साक्षरता कार्यक्रम पर्वत जिल्लाको मोदी गाउँपालीका स्थित नव जागृत उच्च मा.वि.तीलाहारमा सम्पन्न गरेको हो । सहायक प्रधानाध्यापक दिनेश शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा व्यवस्थापन संकायका ११ र १२ का कुल ९५ विद्यार्थी तथा ११ शिक्षकको उपस्थिती रहेको थियो । 

साक्षरता अभियानमा वचत, कर्जा, आम्दानी, खर्च र बजेट साथै विमाको बारेमा चित्रद्घारा प्रष्ट पार्दै प्रस्तुती गरिएको थियो । मुक्तिनाथ विकास बैक लिमिटेड पोखरा अनुगमन अधीकृत नगेन्द्र राज पौडेल र नयाँपुल शाखाका शाखा प्रमुख भुवन बहादुर बस्नेतले उक्त कार्यक्रमको सहजीकरण गरेका थिए । 

null

सहभागी विद्यार्थीहरु मध्येमा अन्तरक्रियात्मक र प्रश्नोत्तर विधि सहित कार्यक्रम सञ्चालन गरिएकोमा उपस्थित विद्यार्थीहरुले कार्यक्रमबाट बैंक बचत र बिमाको बारेमा जानकारी प्राप्त भएको साथै खर्च, आम्दानी र बजेटको समेत ज्ञान भएको बताए । 

विद्यालयका सहायक प्रधानाध्यपक दिनेश शर्माले यस किसिमको कार्यक्रम विशेष गरी व्यवस्थापन संकायका विद्यार्थीहरुका लागि फलदायी रहेको जनाए । बैंकका नयाँपुल शाखाका प्रमुख भुवन बहादुर बस्नेतले विद्यार्थीलाई वित्तिय साक्षरता प्रदान गर्दा उनीहरुमा बैकिङ क्षेत्रको विषयमा थोर बहुत ज्ञान मिलेको बताए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *