किक बक्सिङका बादशाह अविरल घिमिरेलाई विमानस्थलमा भव्य स्वागत (फोटोफिचर)

 

चैत ३, काठमाडौँ । प्रोफेशनल किक बक्सिङका खेलाडी अविरल घिमिरेलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ । 

जापानमा सम्पन्न ‘किक बक्सिङ’मा भएको ११ वटा प्रतिस्पर्धा अन्तर्गत १० वटा फाईटमा नेपालको झण्डा फहराई स्वदेश फर्केका घिमिरेलाई नेपाल ‘सि–क्योक’ सिन कराते एशोसियसन र चन्द्रागिरी नगरपालिकाले विमानस्थलमा स्वागत गरेको हो । 

null

आफ्नो पहिलो भिडन्तमा नै ब्राजिलका खेलाडीसँग भिडेका अविरलले पछिल्लो पटक गत साता दक्षिण कोरियाका व्यवसायिक खेलाडी जुग ओ जिमको चुनौतीलाई सहजै पन्छाएका थिए । ब्राजिलका खेलाडीसँग उनको भिडन्त एमेच्योर खेलाडीको रूपमा रहेको थियो । दुई दर्जन बढी व्यवसायिक भिडन्तमा सफलता हात पारिसकेका जिमलाई अविरलले नकआउट गरेर नेपाली झण्डा फहराउन सफल भएका थिए । 

 

विमानस्थलमा सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले आगामी दिनमा खेललाई शसक्त बनाउँदै लैजाने र खेलकुदबाट देशको नाम रोशन बनाउने बताए । 

उनलाई स्वागत गर्न नेपाल सि–क्योकी सिनका महासचिव ब्रान्च चिफ सुर्य बुडाथोकी, पूर्व खेलाडीहरू, सुभ चिन्तकहरूको भिड लागेको थियो । 

 

करिब दुई दर्जन व्यवसायिक किक बक्सिङ खेलमा भिडिसकेका कोरियाली खेलाडीलाई लगातार दुई पटक ढाल्दै १९ वर्षीय नेपाली युवा किक बक्सर अविरलले १० औँ पटक नेपालको झण्डा फहराउन सफल भएका थिए । सो अगाडि बोलभिया, ब्राजिल जापान लगायतका खेलाडीहरूलाई पाखा लगाउँदै सफलताको शिखर चुमिसकेका छन् । 

 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *