लगानी सम्मेलनका दिन विवेकशील साझाको प्रदर्शन

 

चैत १५, काठमाडौँ । लगानी सम्मेलन कार्यक्रम चलिरहेका बेला विवेकशील साझाले प्रर्दशन गरेको छ । विवेकशील साझाले वाइडबडी प्रकरण, ३३ किलो सुन प्रकरणका ठूला माछा पक्राउ गर्न सरकारलाई दबाब दिनका लागि प्रदर्शन गरेको हो । 

‘ठूला माछा समाउ अभियान’ अन्तर्गत सो पार्टीले शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यलय टङ्गालमा प्रदर्शन गरेको हो । 

null

प्रदर्शनमा सहभागी विवेकशीलका नेता कार्यकर्ताले ‘ठूलो माछा कता छ, सिंहदरबार जता छ’ भन्ने प्लेकार्ड बोकेका थिए । 

विवेकशील साझाले फागुन १४ गते मंगलबार बिहान अख्तियार दुरुपयोग अनुसन्धान आयोग सहित देशभरका विभिन्न प्रशासनिक कार्यालयमा ज्ञापनपत्र बुझाएको थियो । 

सो ज्ञापनपत्रको बिषयमा भएका प्रगतिको सोधखोज तथा निरन्तर दबाबको लागि विवेकशीलले सातै प्रदेशमा खबरदारी कार्यक्रम गरेको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *