दाङमा भेटिएको शंकास्पद वस्तु खाली बोतल !

२०७५ फागुन ३० गते

फागुन ३०, दाङ । दाङमा कागजले बेरिएको अवस्थामा फेला परेको शंकास्पद वस्तु खाली बोतल रहेको खुलेको छ । तुलसीपुरस्थित वीपी चोकनजिकै भेटिएको शंकास्पद वस्तु खाली बोतल रहेको खुलेको हो ।
सडकमा शंकास्पद वस्तु फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्लाष्टिकले बेरिएको उक्त वस्तुलाई पातुखोलामा लगेर हेर्दा बोतल भएको प्रहरीले जनाएको छ ।
null
विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको बन्दका कारण देशभरको जनजीवन प्रभावित बनेको छ । सार्वजनिक यातायात, स्कुल, कलेज ठप्प छन् ।
बुटवल, भैरहवा, पाल्पा, अर्घाखाची लगायतका स्थानबाट लामो छोटो दुरीमा चल्ने सार्बजनिक यातायात चलेका छैनन् ।

२०७५ फागुन ३० गते
प्रतिक्रिया
सम्बन्धित