निर्मला हत्या प्रकरणः पूर्व एसपी विष्ट प्रहरी नियन्त्रणमा

२०७५ चैत ६ गते

चैत ५, काठमाडौँ । निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणमा प्रमाण नष्ट गरेको आरोप लागेका कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख डिल्लीराज बिष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मंगलबार बिहान जिल्ला अदालत कञ्चनपुरमा हाजिर भएका बिष्टको बयान नसकिएपछि अदालतको आदेशमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
null
यसअघि अदालतले विष्ट र डिएसपी अंगुर जीसीलाई अदालतमा हाजिर हुन सूचना जारी गरेको थियो । अंगुर जीसी भने अदालतमा हाजिर भएका छैनन् ।
गत फागुन २३ गते प्रहरीले केही महिनाअघि मात्र अवकास पाएका प्रहरी नायव उपरीक्षक (डीएसपी) ज्ञान बहादुर सेट्ठी सहित ६ जनालाई पक्राउ गरेकोे थियो भने बर्खास्तीमा परेका तत्कालीन एसपी विष्ट र निलम्बित डीएसपी अंगुर जिसीलाई फरारको सूचीमा राखिएको थियो । पक्राउ परेका अन्य छ जना आरोपी भने धरौटीमा छुटेका छन् ।

२०७५ चैत ६ गते
प्रतिक्रिया