एफ ए कप: म्यानचेस्टर युनाइटेड प्रतियोगिताबाट बाहिरियो

एजेन्सी । म्यानचेस्टर युनाइटेड उल्भरह्याम्टनसँग पराजित हुँदै एफ ए कप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ । शनिबार राति भएको खेलमा उल्भरह्याम्टनसँग दुई एकले पराजित हुँदै युनाइटेड क्वार्टरफाइनलबाट बाहिरिन बाध्य भएको हो । 

 

निकै रोमाञ्चक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरी भएको थियो । तर ७० औं मिनेटमा जिमिनीजले गोल गर्दै उल्भ्सलाई अग्रता दिलाए । त्यसको ६ मिनेटमा नै उल्भरह्याम्टनले दोस्रो गोल गर्‍यो । यसपटक उसका लागि जोटाले गोल गरे । 

null

 

दुई गोलले पछि परेको युनाइटेडले इन्जुरी समयको अन्तिममा रासफोर्डको गोलमार्फत अन्तर कम गरे पनि हार भने टार्न सकेन । युनाइटेडलाई स्तब्ध बनाएको एल्भरह्याम्टन २१ वर्षपछि एफ ए कपको सेमिफाइनलमा पुगेको हो । 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *