लगानी सम्मेलन: लगानीकर्ताको सुरक्षार्थ ४ हजार बढी प्रहरी परिचालन

 

चैत १४, काठमाडौँ । सरकारले चैत १५ र १६ गते हुन लागेको लगानी सम्मेलनका लागि ४ हजार २ सय बढी सुरक्षाकर्मी परिचालन गर्ने भएको छ । 

लगानीकर्ताहरुको सुरक्षालाई मध्यनजर गर्दै सरकारले ४ हजार बढी सुरक्षाकर्मी परिचालन गर्ने भएको हो । ६ सय भन्दाबढी स्वदेशी तथा विदेशी लगानीकर्ता सहभागी हुने लगानी सम्मेलनलाई सफलतापूर्वक सम्पन्न गर्न सरकारले सुरक्षा व्यवस्थामा कडाइ गर्न लागेको हो । 

null

सरकारले सम्मेलनमा सहभागी हुने आउने लगानीकर्ताहरुलाई काठमाडौंका १९ ओटा र ललितपुरका ३ ओटा होलटमा बस्ने व्यवस्था मिलाएको छ । 

४० मुलुकबाट उच्चस्तरिय प्रतिनिधिमण्डल सहभागी हुने सो सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्दैछन् । 

सरकारले प्रतिबन्ध लगाएपछि कडा आन्दोलनका कार्यक्रमको घोषणा गरेको विप्लवले आफ्ना कार्यक्रमहरु फिर्ता लिएपछि सुरक्षाको हिसाबले लगानी सम्मेलनमा केही राहत मिल्ने देखिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *