जिल्ला भ्रमणमा काँग्रेसका शीर्ष नेता, को–कहाँ जाँदैछन् ?  

  

  

 

null

चैत १०, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला र पूर्व महामन्त्री प्रकाशमान सिंह जिल्ला भ्रमणमा निस्किएका छन् । महामन्त्री कोइराला र प्रकाशमान सिंह आजबाट जिल्ला भ्रमणमा निस्किएका हुन् । 

महामन्त्री कोइराला ५ नम्बर प्रदेशका विभिन्न जिल्ला भ्रमण तथा त्यहाँ आयोजित कार्यक्रममा सहभागी हुन देश दौडाहामा निस्किएका हुन् । कोइरालाका साथमा केन्द्रीय सदस्य डा मिनेन्द्र रिजाल र कल्याण गुरुङ सहभागी छन् । 

कोइराला आज बर्दियामा कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागी हुनेछन् भने ११ गते बाँकेमा कार्यकर्ता भेटघाट गर्ने कार्यक्रम तय भएको उनका नीजि सचिव भरत तिवारीले जानकारी दिए । उनी बाँकेपछि दाङ हुँदै १५ गते पाल्पा पुग्नेछन् । उनले पाल्पामा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने र चैत १६ गते गुल्मी पुगी १७ गते काठमाडौँ फर्किने कार्यक्रम तय भएको छ ।  

यस्तै आजैबाट जिल्ला भ्रमणमा निस्किएका पूर्व महामन्त्री प्रकाशमान सिंह पूर्वी जिल्लाहरु झापा, इलाम, पाँचथर र ताप्लेजुङको भ्रमणमा जाने कार्यक्रम तय भएको छ । उनी चैत्र १० गते नेपाली काँग्रेस झापाको आयोजनामा हुने छलफल कार्यक्रममा सहभागी हुनेछन् । सोमबार ईलाम, मंगलबार पाँचथर र बुधबार ताप्लेजुङमा हुने विभिन्न कार्यक्रममा सहभागी हुने उनका प्रेस सहयोगी युपी लामिछानेले जानकारी दिए । लामिछानेका अनुसार नेता सिंहसँगै केन्द्रीय सदस्य बलबहादुर केसी, हृदयराम थानी, सरिता प्रसाईं र काठमाडौँ जिल्ला सभापति सबुज बाँनिया पनि टोलीमा रहेका छन् । 

यसैगरी वरिष्ठ नेता रामचन्द्र पौडेल चैत १३ गतेसम्मका लागि पूर्वी जिल्लाको भ्रमणमा निस्कएका छन् । चैत ८ गतेदेखि जिल्ला भ्रमणमा निस्किएका नेता पौडेलका साथमा केन्द्रीय सदस्य चन्द्र भण्डारी, गगन थापा, पूर्व सांसद रेशम बानियाँलगायतका नेताहरु रहेका छन् । उनीहरु सिन्धुली, सर्लाही, महोत्तरी र धनुषा लगायतका जिल्लामा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुने जानकारी दिइएको छ । 

उनले चैत ८ गते नेपाल शिक्षक संघ सिन्धुलीका जिल्ला प्रतिनिधिहरूको कार्यक्रमलाई सम्बोधन गरेका थिए । भने चैत ९ गते सिन्धुली जिल्लाको मरिन गाउँपालिकाको कपिलकोटमा हुने आमसभालाई सम्बोधन गरेका छन् । आज भने नेपाली काँग्रेस जिल्ला कार्यसमिति सर्लाहीले मलंगवामा आयोजना गर्ने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

उनले चैत ११ गते सर्लाहीमै हुने कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्ने र सोही दिन महोत्तरीको जलेश्वरमा कार्यकर्ता भेलालाई सम्बोधन गर्नेछन् । यस्तै पौडेल चैत १२ गते महोत्तरीमा कार्यकर्ता प्रशिक्षणमा सहभागी भएर रात्रि बास बस्न जनकपुर जाने छन् । १३ गते नेपाली काँग्रेस जिल्ला कार्यसमिति धनुषाको आयोजनामा शहीदनगर नगरपालिकाको यदुकुवामा हुने आमसभालाई सम्बोधन र शहीद रामसेवक यादवको शालिक अनावरण कार्यक्रम रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *