प्रेम अभिव्यक्त गर्ने स्टिकर लिएर आयो हाम्रो नेपाली किबोर्ड

फागुन १, काठमाडौं । हाम्रो पात्रोले भ्यालेन्टाइन डे का अवसरमा प्रेमिल शब्द र स्टिकर सहितको हाम्रो नेपाली किबोर्ड सार्वजनिक गरेको छ । 

 

हाम्रो नेपाली किबोर्डको नयाँ स्वरुप, स्टिकर, इमोजी सहितको अघिल्लो संस्करणलाई प्रयोगकर्ताले अत्याधिक रुचाएपछि भ्यालेन्टाइन डे लाई लक्षित गर्दै नयाँ किबोर्ड ल्याएको हो । पछिल्लो अपडेटमा हाम्रो नेपाली किबोर्ड नेपालमा सर्वाधिक ५० लाख डाउनलोड भएको बताइएको छ । यस अघि सन् २०१८ को नोभेम्बरमा हाम्रो पात्रोले ५० लाख डाउनलोड भएको नेपालको पहिलो एपको आंकडा चुम्न सफल भएको थियो । 

null

नयाँ वर्ष २०१९ को अवसरमा पहिलो पटक, नेपाली स्टिकरहरु समावेश गरिएको हाम्रो नेपाली किबोर्ड सार्वजनिक गरिएको थियो । प्रेमका लागि प्रख्यात महिना फेब्रुअरीमा प्रेमील गफहरु, सन्देशहरुमा तथा आफ्ना आफन्त, विशेष कोही, प्रियजनहरुलाई माया, प्रेम अभिव्यक्त गर्न कुनै कसर बाँकी नरहोस भनी विभिन्न मायालु सन्देशसहितका नयाँ स्टिकरहरु थपिएको हाम्रो पात्रोका म्यानेजिङ डाइरेक्टर सन्तोष देवकोटाले बताए । 

‘प्रयोकर्ताले शब्दबाट अभिव्यक्त गर्न नसकेका कुराहरु हाम्रो स्टिकरमा समावेश विभिन्न प्यारा नेपाली पात्र तथा सिम्बोलअंकित स्टिकरहरुले सजिलै अभिव्यक्त गर्न सक्नेछन् ।’ उनले भने । थपिएका नया स्टिकरमा कान्छा, कान्छि, बौचा व मैचा, नक्कली, मुनु र मिमि तथा प्रेमका अन्य चल्तिका शब्द समेटिएका छन् । यसका साथै हाम्रो पात्रोमा समेत प्रेमदिवस विशेष इकार्डहरु उपलब्ध छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 3 =