धरानमा मौलिक लोक नृत्य प्रतियोगिता हुने

फागुन ११, धरान । ‘स्वच्छ वातावरण, मौलिक संस्कृति र सालिन आचरणः संवृद्ध सभ्यता र अनुकरणीय आचरण’ भन्ने मुल नाराका साथ धरानमा मौलिक लोक नृत्य प्रतियोगिता हुने भएको छ ।  

अन्तराष्ट्रिय हरियाली मञ्च सांस्कृतिक समुहको आयोजनामा धरानमा मौलिक लोक नृत्य प्रतियोगिता आयोजना हुने भएको छ । आउँदो फागुन १७ गते उक्त मौलिक लोक नृत्य प्रतियोगिताको आयोजना गरिने अन्तराष्ट्रिय हरियाली मञ्च सांस्कृतिक समुहकी अध्यक्ष कुमारी नाछिरिङ राईले बताइन् ।  

 

null

समुहका अध्यक्ष राईका अनुसार पश्चिमा आयातित सस्कृतिले मौलिक नेपाली संस्कृतिलाई धरासायी बनाएकोले नेपाली सामाजिक मुल्य मान्यतालाई संरक्षण गर्ने हेतूले कार्यक्रम आयोजना गरिएको हो ।  

प्रतियोगितामा अन्तराष्ट्रिय हरियाली मञ्चमा संस्थागत रुपमा आबद्ध नेपाल भरीकै कलाकारहरुले सहभागिता जनाउन पाउनेछन ।  त्यसमा पनि झापा, सुनसरी, ताप्लेजुङ र पाचथरका जिल्लाहरुबाट अनिवार्य सहभागिता रहने मञ्चका सदस्य तथा कलाकार मिलन चाम्लिङ राईले बताए । 

प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र चौथो हुनेलाई क्रमशः ४० हजार, ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिनेछ । मञ्चले सोही प्रतियोगिताबाट उठेको रकम बैदेशिक रोजगारीको क्रममा घरेलु हिंसामा परि खुटटा र मेरुदण्ड गुमाएकी भोजपुर जिल्ला गोगने घर भई हाल धरान ११ स्थित आफन्तकोमा आश्रय लिईरहेकी शान्ता राईको उपचारका लागी सहयोग गर्ने बताएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − seven =