ओपोद्वारा २०१९ ईन्नोभेसन ईभेन्ट मार्फत साझेदारहरुलाई नजिकिने अवसर प्रस्ताव

फागुन १२, बार्सिलोना, स्पेन । फेब्रुअरी २३ का दिन स्पेनको बार्सिलोनामाओपोले आफ्नो पहिलो ग्लोबल ईन्नोभेसन ईभेन्टको आयोजना गरेको छ । विश्वका उत्कृष्ट ५ स्मार्टफोन ब्राण्ड मध्य पर्ने ओपोले कार्यक्रम मार्फत सन् २०१९ का लागि योजनाबद्ध आफ्ना नव प्रबर्तनात्मक रोचक घोषणाहरु प्रस्तुत गरेको हो । 

 

विश्वकै पहिलो टेनएक्स लसलेस जुमप्रविधिको डेब्यूका साथै फाइभजी प्रविधिमा उद्योगमै अग्रणी विकासका साथमाओपोले मोबाइल कम्युनिकेसन जगतमा आफ्नो छविलाई एक अग्रणी नव प्रबर्तक कम्पनीका रुपमा स्थापित गरेको छ । 

null

ओपाब्राण्डले दैनिक जीवन माब्याप्त सम्भावनाबाट प्रेरित हुँदै उपभोक्तालाई आफु वरपर विद्यमान सुन्दरताको अनुभव लिन सघाउँछ । उपभोक्ता अन्तरदृष्टिमा विशेष ध्यानदिँदै ओपोले नव प्रबर्तन र आरएण्डडी प्रतिको आफ्नो प्रतिबद्धतार्थ भारी लगानीगरिरहेको छ । यही प्रतिबद्धताले ओपोलाई समय समय माईमेज ब्यूटिफिकेशन प्रविधि, फाइभजी, एआई, एआर/भीआर लगायत अन्य सम्भावना बोकेका मोबाइल प्रविधि जस्ता उद्योगकै पहिलो नव प्रबर्तन ल्याउन प्रोत्साहन गरिरहेको छ । 

‘मिडिया तथा हाम्रा सहकारीहरु माझ हाम्रो पहिलो ईन्नोभेसन ईभेन्ट प्रस्तुतगर्न पाउँदा हामी निकै गौरवान्वित महशुस गर्दैछौँ ।’ ओपोका उपाध्यक्ष आङयीजियाङले भने ‘नव प्रबर्तन हाम्रा लागि प्रहिलो प्राथमिकताको विषय हो र भविस्यलाई उपभोक्ताको हातमा सुम्पिने उद्देश्यका साथ हामीले थुप्रै नव प्रबर्तनहरु प्रस्तुत गरेका छौँ । हाम्रो प्रतिबद्धतालाई निरन्तर्ता दिँदै बजारमा विशेष गरी फाइभजीर फोटोग्राफी संग सम्बन्धित थप प्रगति गरिरहने छौँ ।’ 

 

असिमित सम्भावना र सृजनशिलता,  कल्पना र क्लोसर कनेक्टिविटी सहितको फाइभजी, स्मार्टफोन उद्योगकै भविस्य हो । ओपोद्वारा आफ्नो पहिलो फाइभजी स्मार्टफोन र ओपो फाइभजी ल्याण्डिङ योजनाको घोषणासँगै फाइभजी यूगलाई उपभोक्ताको थपनजिकल्याइ दिएको छ । ओपोद्वारा प्रस्तावित र प्रतिबद्धता जनाइएको यो पहलमा स्विसकम, टेल्स्ट्रा, ओप्टस लगायत क्यारियर्स र अझगहिरो सहकार्यका साथमा सिङटेल लगायत क्षमतावान सरोकारवाला कम्पनीले फाइभजी उत्पादन र सेवाको प्रर्वधन र कार्यान्वोयनमा सहयोग गर्नेछन् । उपभोक्ताले कार्य सम्पादन र क्षमतामा थप सुदृढ र उत्कृष्टताको अनुभव गर्न पाउँन् भन्ने यसको मूल उद्देश्य हो । 

क्वालकम ईन्कर्पोरेटेडका अध्यक्ष, क्रिस्टियानो एमोनले ओपोको फाइभजी नवप्रबर्तनको खुलेर तारिफ गर्दै भने,‘फोरजी यूगमा ओपोको नेतृत्व नियाल्दा, फाइभजीको यूगमा पनि आफ्नो अग्रता कायम राख्ने सम्भावना प्रबल छ । हामी फाइभजी यूगमा नव प्रबर्तनका प्रचुर सम्भावना देखिरहेका छौँ । हामी फाइभजीको सही क्षमता अनुभव गर्न ओपोसँग नजिक रहेर सहकार्यलाई निरन्तर्ता दिनेछौँ । साथै, एक्स ५० मोडेम, समायोजित आरएफ ट्रान्सिभर र आरएफ फ्रण्ट ईन्ड सोल्यूशन सहितको हाम्रो फ्ल्यागशिपक्वाल कम स्न्यापड्रागन ८५५ मोबाइल प्ल्याटफर्मका साथमा ओपोको पहिलो फाइभजी स्मार्टफोन सार्वजनिकमा पनि सहयोग पुर्याउने छौँ ।’ 

ओपोले फाइभजी प्रविधिको प्रतिक्षा तथा तयारी सन् २०१५ देखि नै गरिरहेको थियो । फाइभजी फिचर्स र यसका फाइदा समाहित गर्दै कार्य क्षमतामा कुनै सम्झौता नगर्ने अवांछनिय फोनको उत्पादनका लागि ओपोले डिजाइन तथा प्रविधिमा उल्लेख्य लगानी गरिरहेको छ । निकै प्रतिक्षारत ओपोको पहिलो फाइभजी फोनले फोरके, एटके भिडियो डाउनलोड/अपलोड/क्लाउड–प्ले, थ्रीडी भिडियो कलिङ, फाइभजी क्लाउड गेमिङ र मल्टिप्लेयर एआर/भीआर गेम, ईन–स्टोर न्याभिगेसन, एआर शपिङ ईन्टिग्रेटेड लगायत फिचरका साथ उपभोक्ताको जीवनमा नयाँ क्रान्ति ल्याउने छ ।’ 

ईन्नोभेसन ईभेन्ट मार्फत ओपोले विश्वकै पहिलो टेनएक्स लसलेस जुम प्रविधि प्रदर्शित गरेको थियो । यो प्रविधिले विना कुनै सम्झौता प्रयोगकर्तालाई ब्यवसायिक देखिने तस्विर लिन सघाउँछ । 

ईन्नोभेसन ईभेन्टका अवलोकन कर्ताले ओपोद्वारा प्रदर्शित होलोग्रामकल्स देखि एआर शपिङ जस्ता ५ जी प्रविधिको उपयोगिताका जीवन्त उदाहरणको अनुभव गर्ने अवसर प्रदान गरिएको थियो । साथै ओपोले टेनएक्स लसलेस जुमको उपयोगिताका उत्कृष्ट परिदृष्य र प्रदर्शनी पनि अवलोकन गर्ने मौका पाएका थिए । एमडब्ल्यूसीमा रहेका एरिक्सन र क्वालकमका बुथमा पनि ओपोको उपस्थिती रहने छ । अवलोकनकर्ताले ती बुथ मार्फत हाई पर्फरमेनस क्लाउड गेमिङ कम्पनी स्याडो, सँगको सहकार्यमा विकसित सोलक्यालिबर सिक्स मार्फत क्लाउड गेमिङको प्रत्यक्ष डेमोको अनुभव समेत गर्न पाउनेछन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *