९ लाख ३२ हजार नगदसहित चितवनबाट २३ जुवाडे पक्राउ

फागुन ३, चितवन । चितवन प्रहरीले १६ थान कौडासहित २३ जना जुवाडेलाई पक्राउ गरेको छ ।
गएराती साढे ११ बजेतिर विशेष सूचनाका आधारमा भरतपुर महानगरपालिका वडा नम्बर ११ भोजाडस्थित छिन्केश्वरी टोलका एक व्यक्तिको घरमा कौडा खेलिरहेका २३ जुवाडेलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा गोर्खा, तनहुँ र चितवनका रहेका छन् । ती मध्य गोर्खाका मात्रै ९ जना रहेको चितवन प्रहरी प्रमुख सुशील सिंह राठौरले बताए । राठौरका अनुसार उनीहरु पेशेवर रूपमा कौडा खेल्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ । प्रहरीले उनीहरुको साथबाट नगद ९ लाख ३२ हजार ८१३ रुपैयाँ बरामद गरेको छ ।
null
पटके भनिएका जुवाडे पौडेल चितवनका प्रहरी प्रमुख सुशील सिंह राठौरलाई प्रलोभनमा पार्न खोजेको आरोपमा गत, जेठ दोस्रो साता हिरासतमा बसेका थिए भने, गैंडाकोटमा समेत कौडा खेलाउँदा खेलाउँदै पक्राउ परेका थिए ।
पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको र उनीहरुलाई जुवा ऐन अन्तर्गत मुद्दा चलाउने तयारी गरिरहेको प्रहरी प्रमुख राठौरले बताए ।








