एन आई सी एशिया रन फर हेल्थ’ प्रतियोगितामा सम्पन्न

 

माघ २०, विराटनगर । एन आई सी एशिया बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत विराटनगरमा ‘एन आई सी एशिया रन फर हेल्थ’ दौड प्रतियोगिता सम्पन्न गरेको छ । 

प्लाटिनम राउण्ड टेबल ११ र विराटनगर लेडिज सर्कल–५ को सहकार्य‘एन आई सी एशिया रन फर हेल्थ’ दौड प्रतियोगिता शुक्रबार विराटनगरमा सम्पन्न गरेको हो ।  

null

विराटनगर–शंकरपुर स्थित जनता नमुना उच्च माध्यमिक विद्यालयमा आयोजना गरिएको ‘एन आई सी एशिया रन फर हेल्थ’ दौड प्रतियोगितामा विराटनगरका विभिन्न कलेजहरुको सहभागिता थियो । राष्ट्रिय अर्वुदरोग निवारण दिवस को पुर्वसन्ध्यामा अर्वुद रोगको विषयमा सर्वसाधारणमा जनचेतना जगाउन सचेतना मूलक उक्त दौड कार्यक्रमको आयोजना गरीएको कार्यक्रममा संयोजक विकास बेगबानीले बताए । 

५ किलोमिटर दुरीको सो प्रतियोगितात्मक दौडमा करिव १ हजार जना युवायुवतीहरुले सहभागिता जनाएका थिए । नेपाल सरकार प्रदेश नं. १ का संघीय संसदका सांसद मोती दुगड र विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले उद्घघाटन गरेकोे उक्त कार्यक्रममा चर्चित नायिका केकी अधिकारी र रिचा शर्मा, गायक सुमित खड्का अतिथिको रुपमा सहभागी थिए । 

 

प्रतियोगितामा छात्रतर्फ सिटि कलेज विराटनगरका सुम्रित यादव प्रथम, मेरील्याण्ड कलेजका समिर क्षेत्री दोश्रो र नगरग्राम उच्च माविका चिर्पा शेर्पा तेश्रो भएका थिए । छात्रा तर्फ अर्किड कलेजकी ज्योति त्रिताल प्रथम, सिटि कलेजकी श्रीसन घिमिरे दोश्रो र अर्किड कलेजकै रंजिता माझी तेश्रो भएकी थिईन । विजयी खेलाडीहरुलाई पुरस्कार स्वरुप क्रमशः ३२ इन्चको टेलिभिजन, माइक्रोवेभ ओभन र भ्याकुम क्लिनर प्रदान गरिएको थियो । 

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २७५ शाखा कार्यालयहरु, २८९ एटिएम, ३९ वटा एक्स्टेन्सन काउण्टर एवं २३ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *