‘टाटा मोटर्स महाउत्सव’ मा सहभागी हुने एक जोडीलाई थाइल्याण्ड भ्रमणको अवसर
२०७५ फागुन ४ गते

फागुन ३, पोखरा । पोखरामा आजदेखि ‘टाटा मोटर्स महाउत्सव’ सुरु भएको छ ।
भोलि (शनिबार) सम्म चल्ने यो महाउत्सवमा सहभागी हुने एक जोडीले थाइल्याण्ड भ्रमणको अवसर प्राप्त गर्ने जानकारी दिइएको छ ।
null
पोखराको होटल ग्राण्डमा आयोजित महाउत्सवमा ७ लाख रुपैयाँसम्म नगद छुट, पुराना गाडीको उचित मूल्यांकन, गाडीको मूल्यांकन गराउने मध्ये एक जोडीलाई फिस्टेल लजमा बिदा मनाउने अवसर, टेस्ट ड्राइभमा एक लक्की जोडीलाई सराङकोट भ्रमणको व्यवस्था हुने कम्पनीले जनाएको छ ।
कार्यक्रम बिहान ११ देखि साँझ ७ बजेसम्म चल्नेछ । अन्य आकर्षणमा फेस पेन्टिङ, नेलआर्ट, म्युजिक, डान्स लगायत छन् ।
टाटा मोटर्सका साना सम्पूर्ण गाडीहरुको एकै ठाउँमा टेष्ट ड्राइभ गर्ने अवसर कम्पनीले प्रदान गरेको हो । टाटाका साना गाडीका लागि पोखरा क्षेत्रको आधिकारिक बिक्रेता दीप मोटर्स प्रालि हो ।
२०७५ फागुन ४ गते
प्रतिक्रिया
सम्बन्धित








