घरमै गएर चेक हस्तान्तरण

माघ २२, लम्की । एसियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडले गत मंसिर २४ गत्ते ट्याक्टर दुर्घटनामा परी ज्यान गुमाएका स्वर्गीय अर्जुन चौधरीकी धर्मपत्नी गिता चौधरीलाई तीन लाख सात हजार नौ सय पचास रूपैँया बराबरको चेक उनकै घरमा आज (मंगलबार ) हसतान्तरण गरिएको छ । 

 

एसियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा टिकापुरका प्रमख गणेश बहादुर साउद र उपशाखा लम्कीका प्रमुख नवराज खनालले घरमै गएर चेक हस्तान्तरण गरेका हुन । स्वर्गीय चौधरीले ६ महिना पहिले १०,०५६  बराबरको रकम एसियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड उपशाखा लम्कीमा प्रथम किस्ता अभिकर्ता कमल बहादुर बिष्टले स्वर्गीय चौधरीको बिमा गरेका थिए । 

null

चेक हस्तान्तरण कार्यक्रममा बोल्दै एसियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड टिकापुरका शाखा प्रमुख गणेश बहादुर साउदले स्वर्गीय चौधरीकी पत्नीको अवस्थालाई हेर्दा साँच्चै नै घरमै आएर बिमा रकम हस्तान्तरण गरेर घर परिवारमा र बालबच्चामा राहतहोस् भन्ने उद्देश्य रहेको बताए । बिमा बोनस मात्र नभएर आपत विपत , समस्या पर्दा सहयोगी बन्ने समेत बताए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *