८१ वर्षीय वृद्धा बलात्कृत

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका, ३ राखुपिप्लेकी ८१ वर्षीय वृद्धा बलात्कृत भएकी छिन् । शुक्रबार राति १० बजेको समयमा आफ्नै घरमा स्थानीय ३५ वर्षीय र गोरे परियारले राम्रोसँग बोल्न र हिँड्न नसक्ने वृद्धालाई बतात्कार गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । 

राति घरभित्र वृद्धा मात्रै सुतेको अवस्थामा परियारले एक्लै भएको मौका छोपी बलात्कार गरेको थाहा पाएपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । बलात्कारमा संलग्न आरोपित गोरे परियारलाई भाग्न लागेको अवस्थामा छिमेकीले समातेर प्रहरीको जिम्मा लगाएको हुन् । 

प्रहरीका अनुसार वृद्धा मात्र सुतेको घरभित्र वृद्धाले अस्वभाविक आवाज निकालेपछि छेवैका घरमा बस्ने नातिनीले हेर्दा बलात्कार गर्न लागेको देखेपछि उनले छिमेकीलाई खबर गरेकी थिइन् । यो समाचार नेपाल समाचारपत्रमा प्रकाशित छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *