नेकपाले जनयुद्ध र जनआन्दोलनका शहीदको सम्मानमा कार्यक्रम गर्दै

काठमाण्डौँ। प्रमुख सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले बुधबार जनयुद्ध दिवसको अवसरमा देशभर कार्यक्रम गर्दैछ। 

दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहान साढे १० बजेपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरूको उपस्थितिमा श्रद्धाञ्जली कार्यक्रम हुँदैछ।  

जनयुद्ध सुरु भएको दिन फागुन १ गतेको सम्झनामा जनयुद्ध र जनआन्दोलनका शहीदको सम्मानमा पहिलोपटक कार्यक्रम गर्न लागेको नेकपाले जनाएको छ। 

null

यसअघि तत्कालीन माओवादी घटक दलले फागुन १ गते मा आ–आफ्नै तरिकाले जनयुद्ध दिवस मनाउँदै आएका थिए ।  

यस्तै माओवादीबाट विभाजित पार्टीले पनि बुधबार जनयुद्ध दिवस मनाउँदैछन्। मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी माओवादीले केन्द्रमा शान्तिबाटिकामा कार्यक्रम गर्दैछ भने नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले पनि शान्तिबाटिकामै जनयुद्ध दिवस मनाउने भएको छ।  

यसैगरी गोपाल किरातँीले पुनर्गठन गरेको माओवादी केन्द्रले जनयुद्ध दिवस प्रज्ञा भवनमा मनाउने भएको छ । तर डाक्टर बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले भने जनयुद्ध दिवस नमनाउने निर्णय गरेको छ।  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *