जाडाे माैसममा बच्चाकाे सुरक्षा यसरी गर्नुहाेस्

माघ २८ । गर्मी मैसमको तुलनामा जाडाे माैसममा बालबच्लाहरु धेरै बिरामी परिरहेको हुन्छन् । चिसोले बच्चाहरुलाई चाँडै प्रभावित पार्ने भएकोले बच्चाहरु जाडो मौसममा धेरै बिरामी हुने गर्दछ । जाडो मौसममा बाबुआमाले आफ्ना बालबच्चाको स्वास्थयमा विशेष ध्यान दिनुपर्ने हुन्छ । जब जाडो आउँछ आमाबुवालाइ एउटै चिन्ताले सताउँछ बच्चाको स्वास्थ्यमा ध्यान कसरी दिने, जाडो मौसममा बच्चाहरुमा धेरै मात्रामा देखिने रोगहरु भनेको निमोनिया, रुघाखोकी, ज्वारो हुन् । जाडोमा बच्चाको कसरी सुरक्षा गर्नेबारे केह टिप्सहरु  तल दिएका छन् ति टिप्सहरु प्रयोगमा ल्याए तपाईको अवश्य जाडोमा पनि निरोगी हुनेछन् । 

 

– घर बाहिर लैजाँदा मास्क लगाएर मात्र निकाल्यो भने चिसोबाट हुने रोगबाट बचाउन सकिन्छ।– जाडोयाममा बच्चालाई धेरै समस्या देखिने भएकाले सरसरफाइ सहित विभिन्न कुरामा ध्यान पुर्‍याउनुपर्छ।सानो बच्चालाई तातो र झोलिलो खानेकुरा पटक–पटक ख्वाउनुपर्छ।– तातो बाक्लो दाल ख्वाउने गर्नाले बच्चाहरु स्वस्थ हुन्छन् र आवश्यक क्यालोरी पनि पाउँछन्।– बच्चालाई न्यानो कपडा, टोपी, पञ्जा, मोजा लगाएर प्राकृतिक रुपमै न्यानो बनाएर राख्ने।– रुघा लागेको मान्छेसँग घुलमिल नगराउने।– बासी खानेकुरा नखुवाउने।– चिसो चिज सकेसम्म नदिने।– उमालेको पानी पिउन दिने।– बच्चालाई रुघा खोकी लागेको छ भने केहीदिन घरमै आराम गराउने।– बच्चा बस्ने र सुत्ने कोठा सधै हावा खेल्ने तर न्यानो बनाएर राख्ने।– कोठामा बच्चाले खेल्ने ठाउँमा कार्पेट ओछ्याउने। – जाडो छ भन्दैमा धेरै बाक्ला लुगा लगाएर अनि ओढाएर बच्चालाई असजिलो र गुम्म पार्नु हुँदैन।– बच्चालाई पनि ठूला मान्छेलाई जस्तै जाडो महिनामा खाना रुच्ने गर्छ। त्यसैले स्वच्छ र तातो खानेकुरा बेलाबेला खुवाउनु जरुरी हुन्छ। 

null

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *