अमेरिकाले सहयोग रोक्न सक्ने खतरा बढ्योः सांसद संग्रौला

२०७५ माघ २५ गते

माघ २५, काठमाडौँ । नेपाली काँग्रेसकी सांसद डिला सङ्ग्रौलाले भेनेजुएला प्रकरणबारे बोल्दै अमेरिकाले सहयोग रोक्न सक्ने खतरा बढेको बताएकी छिन् ।
शुक्रबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद संग्रौलाले भेनेजुएला संकटबारे सत्तारुढ नेकपा र सरकारले अनावश्यक बोलेर देशलाई नै विवादमा फसाएको आरोप लगाइन । ‘सरकारले मित्रराष्ट्र अमेरिकाविरुद्ध बोलेर अमेरिकालाई चिढाएको छ । के त्यो वक्तव्यबाजी सहयोग रोक्ने चेष्टा हो ?’, उनले भनिन् ।
संग्रौलाले नेकपा अध्यक्ष पुष्पकमल दाहालले निकालेको विज्ञप्तिबारे प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्त गरेको धारणाले अन्योलता सिर्जना गरेको दाबी गर्दै ‘भेनेजुएलाबारे कस्ले बोलेको आधिकारिक धारणा हो ? हामीले कसले भनेको पत्याउने ?’ प्रश्न गरिन् । साथै उनले प्रधानमन्त्रीले यस विषयमा जवाफ दिनुपर्ने माग गरिन् ।
null

२०७५ माघ २५ गते
प्रतिक्रिया
सम्बन्धित