दाँत किराले खाएर चिन्तित भए यसो गर्नुहोस्

फागुन १२ । दाँत शरिरको महत्वपूर्ण अंग मध्ये एक हो । अरु अंग जती महत्वपूर्ण हुन्छ दाँत पनि त्यती नै महत्वपूर्ण हुन्छ । त्यसैले दाँतको सुरक्षा गर्न धेरै जरुरी हुन्छ । सुन्दर, स्वास्थ्य दाँतले हाम्रो सौन्दर्यमा पनि निखार ल्याई दिन्छ । पाचन प्रणालीमा दाँतको ठूलो भूमिका रहेकाे हुन्छ । 

राम्रोसँग चपाएर खाए मात्र खाना पचाउन सकिन्छ । धेरै मानिसहरु दाँत किराले खाएर चिन्तित बनेका छन् । मुख कुल्ला नगर्ने तथा दाँत नमाझ्नेहरूको दाँत बढी किराले खाने चिकित्सक बताउँछन् । तर कहिले काही यस्तो सबै कार्य गर्नेको पनी दाँत किराले खाईरहेको पाईन्छ । दाँत सम्बन्धी केही टिप्सहरु तल दिईएको छ जसको कारण दाँत किराले खाँदैन र बलियो चम्किलो बनाउँछ । 

– सूर्तिजन्य पदार्थ नखाने 

null

– कुनै पनि चिज खाएपछि मुख कुल्ला गर्न नबिर्सने 

– दाँत सही तरिकाले माझ्ने 

– दाँत माझ्दा नरम बुसको प्रयोग गर्ने 

– खाना खाएपछि अनिवार्य रूपमा बिहान–बेलुकी दुईपटक दाँत माझ्ने 

– फ्लोराइडयुक्त मञ्जनले दाँत माझ्ने 

– चकलेट, कोकाकोला जस्ता चिज खाएपछि अनिवार्य मुख कुल्ला गर्ने अथवा दाँत माझ्ने 

– गर्भवतीले क्याल्सियमयुक्त खाना खाने 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *