सरकारी चिकित्सकले सामूहिक राजीनामा दिने, सबै अस्पतालको सेवा बहिष्कार गर्ने चेतावनी

 

फागुन ५, काठमाडौँ । कर्मचारी समायोजन विधेयकविरुद्ध आन्दोलनरत सरकारी चिकित्सकहरुले आइतबार सामूहिक राजीनामा दिने घोषणा गरेका छन् । 

सरकारी चिकित्सक संघ, नेपाल (गोदान) ले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो विधेयक सच्याउन सरकारलाई बाध्य पार्न सामूहिक राजीनामा दिन लागिएको बताएको हो । 

null

सशक्त आन्दोलनको कार्यक्रम घोषणा गरेको गोदानले सो विधेयक सच्याउन राष्ट्रपति विद्या भण्डारी र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग एक पटक आग्रह गर्ने र आग्रह गर्दा पनि कुनै कदम नचाले आकस्मिक बाहेकका सबै सेवा बहिष्कार गरी देशभर अवज्ञा आन्दोलन सुरु गर्ने घोषणा गरेको हो । 

प्रतिनिधिसभाबाट पारित उक्त विधेयकले आफूहरुको मागलाई सम्बोधन नगरेको भन्दै चिकित्सहरु आन्दोलित बनेका हुन् । उनीहरुले सोमबार राजीनामाका लागि हस्ताक्षर अभियान सञ्चालन गर्ने बताइएको छ । 

मंगलबार माइतीघर मण्डलामा आफूहरुको आन्दोलनका लागि साथ सहयोग गर्न सर्वसाधारणलाई अपिल गर्दै रक्तदान कार्यक्रम आयोजना गर्ने अध्यक्ष पाण्डेले बताए । 

त्यस्तै आन्दोलनका कार्यक्रम अन्तर्गत बुधबार सामूहिक बिदामा बस्ने, बिहीबार राजीनामा संकलन भएपश्चात् सरकारलाई बुझाउन काठमाडौं भेला हुने, र त्यसो गर्दा पनि आफूहरुको माग सरकारले सम्बोधन नगरे सबै अस्पतालको सेवा बहिष्कार गरी अवज्ञा आन्दोलन सुरु गर्ने सरकारी चिकित्सकहरुको चेतावनी छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *