दादलाई जरैबाट निर्मुल पार्ने केही घरेलु उपायहरु

माघ २१ । शरिरको बिभिन्न अंग जस्तै हात,पाखुरा,घाँटी,खुट्टा वा अन्य अंगमा आउने दादको समस्याले धेरै मानिस ग्रसित भएका छन् । यसलाई जराबाट नै निर्मुल पार्न धेरै मानिसहरु चाहन्छन् तर यो सम्भव भईरहेको हुँदैन केहि समयका लागि निर्मृल भए पनी फेरी आउँने हुन्छ । 

यो दिनानु एउटा जटिल समस्याको रुपमा बल्झिदैँ गईरहेको छ । कतिपय मानिसको दादको उपचार गर्दा गर्दै धेरै पैसा खर्च भईरहेको हुन्छ तर समस्या भने ज्यू को त्यू नै हुने गर्छ । तर यस्ता केही घरेलु उपायहरु छन् जसले दादलाई जरैबाट निर्मल पार्ने गर्दछ । ती उपायहरु तल दिएका छन् 

– दादलाई निर्मुल पार्न लागि चाहिने सामग्रीहरू : तिते करेला, नरिवलको तेल र कपुर। 

null

– बनाउने विधि:  सुरुमा एउटा वा आधा तीते करेलालाई सानो सानो टुक्रामा काटी यसलाई पिसेर पेस्ट बनाउने। अब एउटा सफा कचौरामा एक चम्चा नरिवलको तेल र एक दाना कपुरलाई पाउडर बनाएर मिसाउने। कपुर (पुजा गर्न प्रयोग गरिने) नरम हुने भएकोले हातले नै पाउडर बनाउन सकिन्छ। यी दुई सामग्रीलाई राम्ररी मिसाईसकेपछी यसमा एक चम्चा तीतेकरेलाको पेस्ट राखेर मज्जाले मिसाउने। यो मिक्स्चर पेस्ट तयार गर्ने । 

– लगाउने विधि: शरीरको जुन भागमा दाद छ, त्यो भागमा यो पेस्ट लगाएर रातभर यत्तिकै रहन दिने र बिहान उठेपछी यसलाई राम्ररी धुनुहोस्। यो उपचार विधि प्रयोग गरेको केहि दिनमै जस्तोसुकै पुरानो र जिद्धी दाद पनि हटेर जानेछ। यो १०० प्रतिशत प्राकृतिक र लाभदायी विधि हो। 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *