महिन्द्राका स्कुटर तथा बाइक खरिद गर्दा ८ हजार रुपैयाँ छुट

काठमाडौं । महिन्द्रा टु ह्वीलर्स अन्तर्गत अग्नि मोटो इन्कले भ्यालेन्टाइन–डेको अवसर पारेर विशेष छुटको व्यवस्था मिलाएको छ। महिन्द्राका स्कुटर तथा बाइक खरिद गर्दा ८ हजार रुपैयाँ छुट प्राप्त गर्न सकिने छ। 

नेपाली युवायुवतीहरु माझ बढ्दै गएको भ्यालेन्टाइनको रौनकलाई थप सशक्त एवं अविस्मरणीय बनाउने उद्देश्यसहित कम्पनीले यो छुटको व्यवस्था मिलाएको हो। 

महिन्द्राका गस्टो १२५, सेन्चुरो डिक्स ब्रेक, सेन्चुरो रक स्टार, मोजो तथा गस्टो आर एस नेपाली युवामाझ लोकप्रिय रहँदै आएको छ। यो योजना सिमित अवधिको लागि मात्र लागू गरिएको छ। 

null

कम्पनीले आफ्ना ग्राहकहरुलाई चुस्त सर्भिस तथा स्पेयर पार्टहरुको सर्वसुलभतातर्फ पनि विशेष ध्यान केन्द्रित गरेको छ। चाहिएको वेला सर्वसुलभ तरिकाबाट मोटरसाइकल तथा स्कुटर खरिद, सर्भि्सिङ तथा समयमै ग्राहकरुलाई स्पेयरपार्ट्सहरु उपलब्ध गराउन कम्पनीले नेपाल अधिराज्यभर विभिन्न स्थानहरुमा आधिकारिक शोरुम तथा सर्भिस सेन्टरहरुको स्थापना गरेको छ। 

सन् १९९१ मा नेपालमा स्थापना भएको अग्नि ग्रुप प्रालि अन्तर्गत अग्नी इन्कर्पोरेट प्रालि, अग्नि इनर्जी प्रालि, अग्नि मोटोइन्क प्रालि, बालाजू अटो वक्र्स प्रालि रहेका छन्। 

यी कम्पनीहरुले महिन्द्रा युटिलिटि भेइकल, ट्र्याक्टर, टु ह्वीलर्स, विद्युतीय कार तथा जेनेरेटरहरु विक्री वितरण गर्दै आएका छन्। 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *