बुधबारदेखि देशैभरिका सरकारी स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द गर्ने

काठमाडौं। सरकारी चिकित्सक संघ नेपाल (गोदान)ले बुधबारदेखि देशैभरिका सरकारी स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका अन्य सेवा बन्द गर्ने घोषणा गरेका छ। 

विगत दुई महिनादेखि शान्तिपूर्ण आन्दोलनमा रहेका सरकारी चिकित्सकले माग पूरा नभए सेवा ठप्प पार्ने जनाएको हो। संघका अध्यक्ष डा।दिपेन्द्र पाण्डेले स्वास्थ्य दिवसमा सरकारले आयोजना गरेको कार्यक्रम बहिष्कार गरी आन्दोलनका कार्यक्रम जारी राख्ने बताए। 

चिकित्सक संघका प्रतिनिधि र स्वास्थ्य राज्यमन्त्री डा। सुरेन्द्र यादवसँग सोमबार भएको वार्ता निष्कर्षमा नपुगी टुंगिएको थियो। राज्यमन्त्रीले समस्यामा परेका सरकारी डाक्टरहरुको समस्या सुल्झाउन अग्रसर भए पनि केही समस्याहरुले गर्दा माग पूरा गर्न नसकिने भनेपछि वार्ता असफल भएको अध्यक्ष पाण्डेले बताए। 

null

संघका उपसभापति सुनिल पौडेलले माग जायज छ भन्ने तर पूराचाहिँ नगर्ने प्रवृत्तिले समस्या भएको बताए। आन्दोलनरत डाक्टरहरुले वार्ताको लागि आफूहरु जतिबेला पनि तयार रहेको बताएका छन्। तर सरकारले अहिले वार्तामा बोलाएको छैन । 

वैज्ञानिक र न्यायोचित चिकित्सक समायोजन र डाक्टरहरुको ज्ञान, सीप र क्षमताको विकास हुने गरी काम गर्ने अवसर प्रदान गर्नुपर्ने मागसहित आन्दोलनमा उत्रिएको सरकारी चिकित्सक संघले गत आइतबारबाट ७२ घण्टाको अल्टिमेटम दिएको थियो। 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *