पूर्वराष्ट्रपति यादवले डा. केसीलाई भने, ‘जीवन अमूल्य छ, अनशन तोड्नुस्’

माघ १८, काठमाडौँ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले २४ दिनदेखि अनशनरत डा. गोविन्द केसीलाई अनशन तोड्न आग्रह गरेका छन् । 

शुक्रबार डा. केसीलाई भेट्न शिक्षण अस्पताल पुगेका यादवले स्वास्थ्य अवस्था कमजोर भएको भन्दै अनशन तोड्न आग्रह गरेका हुन् । 

उनले डा. केसीले उठाएको माग जनता तथा राष्ट्रको हितका लागि भन्दै सरकारसँग उनको जीवनरक्षाको माग गरे । 

null

‘जीवन अमूल्य छ । अनशन छोड्नुस् । तपाईँको माग सम्बन्धमा म सरकारलाई आग्रह गर्छु,’ उपराष्ट्रपति यादवले भने । उनले डा. केसीको जीवन रक्षाका लागि जति सक्दो छिटो वार्ता गरेर निकास निकाल्न पनि आग्रह गरे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *